पाँचौँ काव्य म्युजिक अवार्ड–२०८३ भव्य रूपमा सम्पन्न, कला–सांस्कृतिक क्षेत्रका स्रष्टा र व्यक्तित्व सम्मानित

Logo
सोहरुची प्रकाशित मंगलबार, जेठ २६, २०८३ काभ्रे विशेष

काठमाडौं, जेठ २६— नेपाली कला, संगीत तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको काव्य म्युजिक सेन्टर तथा दक्षिणकाली अफसेट प्रेसको प्रस्तुतिमा आयोजित पाँचौँ काव्य म्युजिक अवार्ड–२०८३ भव्य रूपमा सम्पन्न भएको छ।

नेपाल चलचित्र विकास बोर्ड, चाबहिलस्थित हलमा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी सुशील पोखरेल, उमेश खड्का, मुकुन्द थापा, विजय देउजा, राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय महासचिव विनोद ढकाल, राज कार्की, चिरन पुन, वीरबहादुर भण्डारी, अष्ट कवे, शशिकुमार सिंह ठकुरी, राजन भुजेल, दिलेन्द्रप्रसाद ढकाल, बालकृष्ण माझी, भोजराज काफ्ले, लाक्पा शेर्पा, विष्णुलाल श्रेष्ठ लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सभापतित्व काव्य म्युजिक सेन्टरकी अध्यक्ष सुजिता आचार्यले गर्नुभएको थियो भने सञ्चालन शिवराम भण्डारीले गर्नुभएको थियो। अतिथिहरूलाई रमेश श्रेष्ठले स्वागत गर्नुभएको थियो। कार्यक्रममा बाल कलाकार विशेषता महर्जनले स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको सुरुवात काव्य म्युजिक अवार्डको लोगो (सिल) अनावरणबाट गरिएको थियो। साथै, दिवंगत वरिष्ठ चलचित्र अभिनेता सुनिल थापाको सम्झनामा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। सो अवसरमा चार विशिष्ट व्यक्तित्वलाई विशेष सम्मान प्रदान गरिएको थियो। वरिष्ठ चलचित्रकर्मी सुशील पोखरेलले सुनिल थापाको स्मृतिमा सम्मानको सुरुवात हुनु खुसीको विषय भएको बताउनुभयो।

कार्यक्रममा गायक डिजराज पौडेल र आशा लामा ज्ञानमालाले आफ्नो चर्चित गीत ‘तिनपानेको झोल’ प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभयो। त्यस्तै नितु सिंह ठकुरी र अनु ठाकुरको आकर्षक नृत्यले कार्यक्रमलाई थप रोचक बनाएको थियो।
अवार्ड कार्यक्रम सफल बनाउन सुजिता आचार्य, टपेन्द्र केसी, सिन्धु पौडेल, सावित्री केसी, जमुना आचार्य, शिशिर बुढाथोकी, राजु बोहरा, शिवराम भण्डारी, अशिमकुमार कटुवाल, रमेश श्रेष्ठ, उत्तम पौडेल, विष्णु तामाङ, रामकुमार पौडेल र रामशरण आले लगायतको विशेष भूमिका रहेको थियो।

कार्यक्रममा निर्णायकको भूमिकामा दिवाकर भण्डारी (सापटेकाका), विनोद बम, निरुता खत्री, उमेश ठगुन्ना, साजन पराजुली र सिर्जन पुन रहनुभएको थियो।
कार्यक्रमलाई गोकर्णेश्वर नगरपालिका, चाँगुनारायण नगरपालिका, मध्यपुर थिमी नगरपालिका, टोखा नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, शिवपुरी गाउँपालिका तथा सुटमाला लगायतले सहयोग गरेका थिए।

विभिन्न विधामा सम्मान
वरिष्ठ अभिनेता सुनिल थापाको स्मृतिमा प्रदान गरिएको काव्य चलचित्र खलनायक सम्मान बाट सुशील पोखरेल, मुकुन्द थापा, विजय देउजा र उमेश खड्का सम्मानित हुनुभयो।
जनप्रतिनिधि सम्मान बाट गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी, विष्णुलाल श्रेष्ठ र रवि कुमार श्रेष्ठ सम्मानित हुनुभयो।
त्यस्तै संस्थागत तथा समाजसेवी सम्मान अन्तर्गत आँसु स्मृति प्रतिष्ठानका रुपेश काफ्ले, अष्ट कवे, दिलेन्द्रप्रसाद ढकाल, शशिकुमार सिंह ठकुरी, राजन भुजेल, विपिन शर्मा दाहाल, राजन अधिकारी तथा वीरबहादुर भण्डारी लगायतलाई सम्मान गरिएको थियो।

सञ्चारकर्मी सम्मान अन्तर्गत राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल उपत्यका समन्वय समितिलाई संस्थागत सम्मान, अरविन्द्र गौतम तथा दिनेश भण्डारीलाई सञ्चारकर्मी सम्मान प्रदान गरिएको थियो।

त्यसैगरी विजेन्द्र नौबागेलाई काव्य कला दशक सम्मान तथा विशेषता महर्जनलाई बाल कला सम्मान प्रदान गरिएको थियो।

उत्कृष्ट अवार्ड विजेताहरू

विभिन्न विधामा प्रदान गरिएको अवार्ड अन्तर्गत:
उत्कृष्ट म्युजिक भिडियो निर्देशक – पूजा ठकुरी (मायालुको सिउँदो)
उत्कृष्ट नव गायक – किशोर सेन्चुरी
उत्कृष्ट नव गायक (जुरी) – नन्दलाल श्रेष्ठ (मोबाइलको कमाल)
उत्कृष्ट लाइभ दोहोरी गायिका – रेखा महर्जन बस्नेत
उत्कृष्ट नव मोडल (पुरुष) – राजेश सापकोटा (सात गाउँ)
उत्कृष्ट टेलिफिल्म कलाकार – देवचन्द्र भट्ट (मेरी बास्सै)
उत्कृष्ट लोकदोहोरी गीत (जुरी) – गंगाराम घिमिरे (बाडेर बीस पिउँला)
उत्कृष्ट पूर्वेली गायिका – प्रमिला राई (हलेसी घुमेर)
उत्कृष्ट काठे गीत (जुरी) – सुन्दर आरडी (माया गर्छु भनेर)
मौलिक गायक – माधव बस्नेत (हितको परान)
उत्कृष्ट काठे गायक – भिमसेन श्रेष्ठ (जवानी लुटपाट भो)
उत्कृष्ट काठे गायिका (जुरी) – आकृति हुमागाईं (अर्धपागल)
उत्कृष्ट काठे गायिका – सावित्री गौतम (जवानी लुटपाट भो)
उत्कृष्ट लोक तथा दोहोरी गायक – अमृत आचार्य (माइला गुरु) (विगत सम्झी)
उत्कृष्ट नव मोडल (जुरी) – पुकार विक्रम थापा (मत पलास)
उत्कृष्ट मोडल (पुरुष) – दिपेन्द्र सोनाम (पातली)
उत्कृष्ट गायिका – प्रतिमा केसी (फूलसँग बासना)
उत्कृष्ट शब्द – अशोककुमार सापकोटा (पातली)
उत्कृष्ट लोकदोहोरी शब्द – सरला तिमिल्सिना (पसिमे)
उत्कृष्ट छायाकार (जुरी) – सञ्जय चन्द (हिसाब देऊ)
उत्कृष्ट छायांकन (जुरी) – उमेशबहादुर साह
उत्कृष्ट छायाकार – रामकृष्ण कडेल (कालो चस्मा–२)
उत्कृष्ट आधुनिक गायिका – लाबोनी चक्रवर्ती (कहिले देखेँ)
उत्कृष्ट लोक–आधुनिक गायक – डिजराज पौडेल (तिनपानेको झोल)
उत्कृष्ट लय – राज बराइली (हेर न माया)
उत्कृष्ट आधुनिक गीत संगीतकार – एलिया सुनुवार (कहिले देखेँ)
उत्कृष्ट युगल संगीतकार – शिवराज गौतम (लाखौँ चोट)
सदाबहार गायक – रामहरि भण्डारी
सदाबहार गायिका – पार्वती कार्की
उत्कृष्ट आधुनिक संगीतकार (जुरी) – ज्ञानेन्द्र गिरी (आऊँ वाचा गरौँ)
उत्कृष्ट शब्द (जुरी) – सरण हुमागाईं (मेरो माया बुझेनन् कसैले)
उत्कृष्ट लोकदोहोरी मोडल (महिला–जुरी) – मेरै भूल थियो
पब्लिक च्वाइस अवार्ड – लक्ष्मी दर्नाल
उत्कृष्ट म्युजिक भिडियो निर्देशक (जुरी) – सूरज खनाल (दुःखी मान्छे)
उत्कृष्ट मोर्डन सङ अफ द इयर (जुरी) – सिजम सिन्जाली (आमा हजुरलाई)
पपुलर अफ द इयर – घमेश दुलाल (जवानीमा बिताका पल)

कार्यक्रममा विभिन्न विधाका कलाकार, सर्जक, सञ्चारकर्मी, समाजसेवी तथा जनप्रतिनिधिहरूलाई सम्मान तथा अवार्ड प्रदान गर्दै नेपाली कला, संस्कृति र संगीत क्षेत्रको योगदानको उच्च कदर गरिएको आयोजकले जनाएको छ। पाँचौँ काव्य म्युजिक अवार्ड–२०८३ नेपाली सांगीतिक तथा सांस्कृतिक क्षेत्रको महत्वपूर्ण उत्सवका रूपमा सफलतापूर्वक सम्पन्न भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२