धुलिखेलमा बहल्टारेश्वर मन्दिरको शिलान्यास, धार्मिक पर्यटन प्रवर्द्धनको आशा

Logo
सोहरुची प्रकाशित आइतबार, जेठ १८, २०८२ काभ्रे विशेष समाचार

धुलिखेल । धुलिखेल नगरपालिका वडा नम्बर ८, बहल्टारेमा निर्माण हुन लागेको बहल्टारेश्वर आध्यात्मिक प्रतिष्ठान अन्तर्गतको मन्दिरको शिलान्यास सम्पन्न भएको छ। नगर प्रमुख अशोक कुमार ब्यान्जुले जेठ १७ गते आयोजित विशेष समारोहमा मन्दिरको शिलान्यास गर्नुभएको हो। नगर प्रमुख ब्यान्जुले धार्मिक पर्यटनको सम्भावनालाई ध्यानमा राख्दै, मन्दिर निर्माणका लागि बजेट अभाव हुन नदिइने स्पष्ट पार्नुभयो।

कार्यक्रममा धुलिखेल नगरपालिकाका उप–प्रमुख निराजन जङ्गम तथा वडा नं. ८ का अध्यक्ष बिनोद गौतम समेतको उपस्थिति थियो। दुवैले मन्दिर निर्माण कार्यमा तीव्रता दिन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

बहल्टारेश्वर आध्यात्मिक प्रतिष्ठानका सचिव गणेश बडालका अनुसार, चालू आर्थिक वर्षमा धुलिखेल नगरपालिकाले मन्दिर निर्माणका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ, जसअन्तर्गत असारसम्ममा १० लाख रुपैयाँ बराबरको कार्य सम्पन्न गरिने लक्ष्य छ।

प्रतिष्ठानका अध्यक्ष रामहरि बडालले मन्दिर निर्माणमा नगरपालिकाले ६० प्रतिशत र प्रतिष्ठानले ४० प्रतिशत खर्च व्यहोर्ने गरी बजेट व्यवस्थापन गरिएको जानकारी दिनुभयो।

यसअघि, २०७९ सालको चैत्र महिनामा श्री जनचेतना युवा समूहका अध्यक्ष रमेशप्रसाद न्यौपानेको नेतृत्वमा आयोजित श्रीमद्भागवत महायज्ञ तथा स्थानीय भक्तजनहरूबाट संकलित ५५ लाख रुपैयाँको योगदानले मन्दिर निर्माणको आधार तयार भएको हो। साथै, स्थानीय तिर्थप्रसाद बडालले ३ आना जग्गा दान गरेपछि प्रक्रिया अझ सहज भएको जनचेतना युवा समूहका सचिव नवराज बडालले जानकारी दिनुभयो।

मन्दिर निर्माणको जिम्मेवारी स्थानीय रेश रोक्का नेतृत्वको टोलीले लिएको छ । निर्माण कार्य औपचारिक रूपमै सुरु भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२