धुलिखेलमा बन्ने भयो अन्तर्राष्ट्रिय स्तरको हक्की प्रशिक्षण केन्द्र: काभ्रेको खेलकुद क्षेत्रमा नयाँ आयाम

Logo
प्रकाशित बुधबार, आश्विन १४, २०८३ काभ्रे विशेष समाचार

 

​काभ्रे। काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नं. १२ मा अन्तर्राष्ट्रिय स्तरको हक्की खेल प्रशिक्षण केन्द्र निर्माण हुने भएको छ। यसका लागि जिल्ला खेलकुद विकास समिति काभ्रे र धुलिखेल नगरपालिकाबीच करिब २०० रोपनी जग्गामा उक्त पूर्वाधार निर्माण गर्ने सम्झौता सम्पन्न भएको छ।

​उक्त अन्तर्राष्ट्रिय स्तरको खेल संरचना निर्माण पश्चात् यसलाई सिङ्गो काभ्रे जिल्लाको समग्र खेलकुद विकास, खेलाडी उत्पादन र प्रशिक्षणका लागि संयुक्त समन्वयमा उपयोग गरिने सहमति भएको छ।

​महत्त्वाकाङ्क्षी योजनाका लागि आवश्यक बजेट विनियोजन गरिदिएकोमा जिल्ला खेलकुद विकास समिति र धुलिखेल नगरपालिकाले संयुक्त रूपमा युवा तथा खेलकुद मन्त्रालय एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) प्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

धुलिखेल नगरपालिका कार्यवाहक नगर प्रमुख ​निराजन जंगमले “नगरपालिका भित्र यति ठूलो र अन्तर्राष्ट्रिय स्तरको खेल पूर्वाधार भित्रिनु सम्पूर्ण धुलिखेलवासीका लागि गर्वको विषय हो। करिब २०० रोपनी जग्गामा बन्ने यस केन्द्रले धुलिखेललाई खेल पर्यटन (Sports Tourism) को हब बनाउनुका साथै सिङ्गो जिल्लाको खेलकुद विकासमा ठूलो टेवा पुर्‍याउनेछ। हामी जिल्ला खेलकुद विकास समितिसँग पूर्ण समन्वय गरेर यसलाई द्रुत गतिमा अघि बढाउनेछौँ।”​

जिल्ला खेलकुद विकास समिति, काभ्रेका अध्यक्ष ​मानवीर वाइवा तामाङले “धुलिखेलमा बन्न लागेको यो अन्तर्राष्ट्रिय हक्की प्रशिक्षण केन्द्र काभ्रेली खेलकुदको इतिहासमा एउटा ठूलो फड्को हो। यसले हाम्रा स्थानीय खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। बजेट व्यवस्थापनका लागि मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई विशेष धन्यवाद दिन चाहन्छु।”

आयोजना सम्पन्न भएसँगै काभ्रे जिल्ला हक्की मात्र नभई समग्र खेलकुद क्षेत्रको प्रमुख तालिम केन्द्रका रूपमा स्थापित हुने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२