जिल्ला बाल सञ्जाल काभ्रेपलाञ्चोकको अध्यक्षमा आयुष न्यौपाने निर्वाचित

Logo
सोहरुची प्रकाशित शनिबार, पुष २६, २०८२ काभ्रे विशेष समाचार

धुलिखेल – छैटौँ जिल्ला बाल सञ्जाल, काभ्रेपलाञ्चोकको पुनर्गठन सफलतापूर्वक सम्पन्न भएको छ। जिल्लाभरका विभिन्न स्थानीय तहबाट प्रतिनिधित्व गर्ने बालबालिकाहरूको सक्रिय सहभागितामा सम्पन्न भेलाले नयाँ नेतृत्व चयन गर्दै सञ्जाललाई थप सशक्त बनाउने संकल्प व्यक्त गरेको छ।

भेलाबाट धूलिखेलका आयुष न्यौपाने अध्यक्षमा निर्वाचित भएका छन्। उपाध्यक्ष पदमा पाँचखालकी पूर्णकुमारी परियार र महाभारतकी कुशुम मोक्तान चयन भएका छन्। सचिवको जिम्मेवारी मण्डनदेउपुरकी रोशनी रम्तेलले पाएकी छन्।

यसैगरी क्षेत्रगत सहसचिवमा बनेपाकी गोपिनी तिमल्सिना, नमोबुद्धका निरोज अधिकारी र पनौतीका समिर सापकोटा निर्वाचित भएका छन्। कोषाध्यक्षमा भुम्लुकी युनिसा खरेल चयन भएकी छन्।

सञ्जालको सदस्यमा धूलिखेलका स्पर्श ब्याञ्जु, पनौतीका जेशन थापा, बेथानचोककी ममता श्रेष्ठ, खानीखोलाकी नेहा खुलाल तथा रोशीका राम तामाङ चयन भएका छन्। नवगठित कार्यसमितिमा जिल्लाका प्रायः सबै पालिकाबाट समावेशी प्रतिनिधित्व रहेको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले बालअधिकार संरक्षण, बाल सहभागिता प्रवर्द्धन तथा नेतृत्व विकासमा जिल्ला बाल सञ्जालको भूमिकालाई अझ प्रभावकारी बनाउने आवश्यकता औँल्याएका थिए। नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बालमैत्री समाज निर्माणमा सक्रिय योगदान अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२