काठमाडौँ विश्वविद्यालय स्कुल अफ ल को विद्यार्थी कल्याण परिषद्ले गरायो कानुनी चुनौती र भविष्य बारे छलफल

Logo
सोहरुची प्रकाशित शुक्रबार, साउन ०२, २०८२ समाचार

काभ्रेपलाञ्चोक/  काठमाडौँ विश्वविद्यालय स्कुल अफ ल को विद्यार्थी कल्याण परिषद्ले ‘कानुनी शिक्षाको सम्भावना र चुनौती, नेपाल बार एसोसिएसनको भूमिका र सहकार्यका साथै नवोदित अधिवक्ता र कानुनका विद्यार्थीका अवसर र चुनौती’बारे शुक्रबार विश्वविद्यालयको सि.भि. रमण हलमा छलफल चलाएको हो ।

कार्यक्रममा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरे, उपाध्यक्ष अजयशंकर झा र महासचिव केदार कोइरालाका साथै विश्वविद्यालयको स्कुल अफ लका निवर्तमान डिन डा. ऋषिकेश वाग्ले ‘प्यानलिस्ट’को रूपमा सहभागी थिए ।

बारका पूर्व अध्यक्ष घिमिरेले न्याय प्रणालीमा सुधारको खाँचो रहेको भन्दै मुलुकमा उत्पादन भइरहेका कानुनका विद्यार्थी र नवोदित अधिवक्ताहरूले यसमा सुधार गर्न पहल थाल्नुपर्ने बताए । सत्प्रयासबाट धेरै कुराहरू सम्भव हुने भन्दै उनले आफ्नो क्षमता, विद्वता र कार्यशैलीका कारण गलत आचरण र नियत भएका व्यक्तिहरुलाई ‘ढोकाबाट सहजै बहिर्गमन हुन नदिई झ्यालबाट हाम फाल्नुपर्ने स्थिति’ बनाउन सक्नुपर्ने तर्क गरे ।

बारका उपाध्यक्ष अजय शंकर झाले आफ्नो समयमा शिक्षकले पढाउने मात्रै र त्यसैका आधारमा परीक्षामा सामेल भएर उत्तीर्ण हुनुपर्ने अवस्था रहेको चर्चा गर्दै अहिले कानुनका विभिन्न पाटो र अवसरहरू रहेको रहेको चर्चा गरे ।

बारका महासचिव केदार कोइरालाले अदालतका मिसिल, फाइल बोक्नेलाई मात्रै ‘कानुन व्यवसायी’को नजरले हेर्ने परिपाटी अन्त्य हुँदै गएको तर्क गर्दै कानुन विषयका विभिन्न आयामहरू रहेको चर्चा गरे । प्राज्ञिक क्षेत्रका साथै अध्ययन, अनुसन्धान, सयुक्त राष्ट्र संघीय निकाय, कर्पोरेट लगायतका क्षेत्रमा अधिवक्ता वा कानुनका विद्यार्थीको राम्रो सम्भावना भएको भन्दै उनले दक्ष र प्रशिक्षित अधिवक्ता तयार गर्नको लागि बार काउन्सिल ऐनमा नै ‘न्यायिक प्रशिक्षण प्रतिष्ठान र कानुन व्यवसायी प्रशिक्षण प्रतिष्ठान’ लगायतको व्यवस्था गरिएको बताए ।

पूर्व न्यायाधीश समेत रहेका काठमाडौँ विश्वविद्यालय स्कुल अफ लका निवर्तमान डिन ऋषिकेश वाग्लेले बार एसोसिएसन र कानुनको प्राज्ञिक क्षेत्रबीच धेरै खाडल रहेको औल्याउँदै न्याय क्षेत्रमा अझै पुरानै जनशक्तिको ‘हालीमुहाली’ रहेको तर्क गरे । पढाइमा कमजोर रहेकाले कानुन विषय अध्ययन गर्ने विगतको परम्परा अहिले चिरिएको भन्दै उनले नयाँ पुस्ताले नेतृत्व पाए त्यो अवस्थामा सुधार आउन सक्ने विचार व्यक्त गरे । अध्ययन, अनुसन्धान जस्ता काम कानुन विषयका प्राज्ञिक व्यक्तित्वहरूले गर्न सक्ने भन्दै उनले विशेषज्ञता अनुसारको ‘कार्यविभाजन र सहकार्य’ हुनुपर्ने बताए ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ लका नवनियुक्त डिन शिवकुमार गिरीले कानुनी शिक्षाको क्षेत्रमा नेपालले निकै फड्को मारेको तर्क गर्दै केयुले समयानुकूल विभिन्न विषयमा कानुनका विद्यार्थीहरू तयार गरिरहेको तर्क गरे ।

स्कुल अफ लका सन्तोष केसीले बार काउन्सिल लगायत विभिन्न पक्षहरूमा दुई संस्थाबीचको सहकार्यका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२