ज्योति मिर्मिरे साकोसले प्रविधि–मैत्री सहकारी सेवा विस्तार गर्दै २६औं साधारण सभा सम्पन्न

Logo
सोहरुची प्रकाशित शनिबार, कार्तिक ०१, २०८२ समाचार

 

काभ्रे — पनौतीस्थित ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्था अन्तर्गतका छ वटा एकाइमा एकाइगत रूपमा साधारण सभा सम्पन्न गरिएको थियो।

‘दिगो र उत्कृष्ट वित्तीय सहकारी’को लक्ष्यसहित समुदायमा आधारित भएर सञ्चालन भइरहेको ज्योति मिर्मिरे साकोसमा हाल २० हजार ७८२ शेयर सदस्य र २ हजार ६० बाल बचतकर्ता आवद्ध छन्। संस्थाले १ अर्ब ४२ करोड रुपैयाँ पुँजी संकलन गरी काभ्रेपलाञ्चोक जिल्लाभर वित्तीय तथा गैर–वित्तीय सेवा विस्तार गर्दै आएको कोषाध्यक्ष पूर्णराम तुलाधरले जानकारी दिनुभयो।

साधारण सभाको उद्घाटन २०८२ असोज २५ गते कुशादेवी र बेथानचोक एकाइमा गरिएको थियो भने असोज २६ गते रोशी, बल्थली र बनेपा एकाइ र असोज २८ गते मुख्य कार्यालय पनौतीमा संस्थाका अध्यक्ष उद्धव सापकोटाले औपचारिक रूपमा उद्घाटन गर्नुभएको थियो।

सचिव बुद्धसिंह थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको प्रगति र आगामी योजना सार्वजनिक गर्नुभएको थियो। लेखा संयोजक भिमसेन केसीले लेखा सुपरिवेक्षण प्रतिवेदन र ऋण संयोजक केशव बञ्जाराले ऋण लगानी तथा असुली प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। विभिन्न प्रतिवेदनहरूमा संस्थाले आधुनिक प्रविधिको अधिकतम उपयोग गरी गुणस्तरीय र प्रतिस्पर्धी सेवा प्रदान गरिरहेको उल्लेख गरिएको थियो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले संस्थाको आर्थिक विवरण प्रस्तुत गर्दै हालसम्मको शेयर पुँजी १२ करोड ७४ लाख ५६ हजार ७ सय रुपैयाँ, बचत (निक्षेप) १ अर्ब ११ करोड २२ लाख ६० हजार ७ सय ९१ रुपैयाँ, ऋण लगानी १ अर्ब ५ करोड ७४ लाख १६ हजार १ सय ४३ रुपैयाँ, तथा जगेडा कोष ८ करोड ८३ लाख ७९ हजार ६ सय ५ रुपैयाँ रहेको जानकारी दिनुभयो।

दाहालका अनुसार यस वर्ष मात्र २ हजार ४५६ नयाँ सदस्य संस्थामा आवद्ध भएका छन्। साथै, सदस्य मृत्यु राहत, परिवार मृत्यु राहत, उपचार तथा गर्भवती पोषण सहयोग, जेष्ठ तथा अपाङ्ग सदस्य भत्ता, र ऋणी सदस्य मृत्यु राहतलगायतका शीर्षकमा संस्थाले यस आर्थिक वर्षमा ४० लाख ५२ हजार रुपैयाँ बराबरको राहत सहयोग वितरण गरेको छ।

साधारण सभामा उत्कृष्ट ऋणी, बचतकर्ता र बालबचतकर्तासहित १९ जनालाई सम्मान गरिएको थियो। कार्यक्रममा संस्थाका ७०.६४ प्रतिशत सदस्यको सहभागिता रहेको संस्थाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२