सुपर ओभरमा नेपालको जित

Logo
सोहरुची प्रकाशित आइतबार, कार्तिक ०३, २०८१ खेलकुद समाचार

नेपाल र संयुक्त राज्य अमेरिकाका पुरुष राष्ट्रिय टोलीबीचको टी२० शृङ्खलाअन्तर्गत दोस्रो खेलमा बराबरीपछि भएको सुपर ओभरमा नेपाल विजयी भएको छ।
सुपर ओभरमा नेपालका लागि कप्तान रोहित पौडेलले २ र कुशल भुर्तेलले १ रन बनाए।
अमेरिकाले निर्धारित ४ बलमा २ रन मात्र जोडेको थियो।
त्यसअघि नेपाली समयअनुसार आइतवार बिहानको खेलमा दुवै टोलीले निर्धारित २० ओभरमा १७० रन बनाएका थिए।
खेलको पहिलो इनिङ्समा कुशल भुर्तेलको उत्कृष्ट ९२ रनका साथ नेपालले ६ विकेटको क्षतिमा १७० रन बनाउँदै अमेरिकालाई १७१ रनको लक्ष्य दिएको थियो।
लक्ष्य पछ्याउँदै अमेरिकाले पनि बराबर योगफल बनाउँदा ८ विकेट गुमायो।
शुक्रवार शृङ्खलाको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२