मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग अलपत्र

Logo
सोहरुची प्रकाशित मंगलबार, मंसिर ०३, २०८१ अर्थ समाचार

मिटरब्याज (अनुचित लेनदेन)सम्बन्धी समस्या समाधानका लागि सरकारले गठन गरेको आयोग आफैँ अलपत्र परेको छ । आयोगको म्याद सकिएको डेढ महिना हुँदा पनि म्याद थप नहुँदा काम प्रभावित भएका छन् ।

मिटरब्याजपीडितहरूसँगको सहमतिपछि दोस्रो आयोगको रूपमा ०८० चैतमा सरकारले पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो । गत १५ असोजसम्म म्याद रहेको आयोगले काम पूरा गरेको छैन । सरकारले आयोग अलपत्र पारेको छ । म्याद गत १५ असोजसम्म थियो । तर, सरकारले न आयोगको म्याद थप्यो न कुनै विकल्प अपनाएको छ ।

दिलकुमार तामाङ, उपसचिव, गृह मन्त्रालयअसोज १५ गते आयोगको म्याद सकिएको हो, अब म्याद थप गर्ने कि पुनर्गठन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । मिटरब्याजका समस्या समाधानका लागि सरकार गम्भीर छ ।

गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ आयोगको म्याद थप गर्ने कि पुनर्गठन गर्ने भन्ने विषयमा परामर्श भइरहेको बताउँछन् । ‘असोज १५ गते आयोगको म्याद सकिएको हो, अब म्याद थप गर्ने कि पुनर्गठन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘मिटरब्याजका समस्या समाधानका लागि सरकार गम्भीर छ ।’

आयोग गठन भएपछि आह्वान भएको सूचनाअनुसार मिटरब्याजसम्बन्धी थप २९ हजारभन्दा धेरै उजुरी परेका थिए । आयोगले गत १० साउनसम्मको म्याद तोकेर उजुरी मागेको थियो । विभिन्न जिल्लामा २९ हजार ८७८ उजुरी परेका थिए । त्यसमध्ये कतिपय फस्र्योट भइसकेका छन् । प्रतिवेदन नदिँदै सरकारले आयोगलाई बेकामे बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२