१२ बर्षिया बालिकाको बलात्कार पछि हत्या

Logo
सोहरुची प्रकाशित शुक्रबार, आषाढ १३, २०८२ रिपोर्टिङ धनेन्द्र तिमल्सिना सुरक्षा र अपराध

सिन्धुपाल्चोक /  ‘ १२ बर्षिया  बालिकाको बलात्कार पछि हत्या अनुसन्धानमा  काठमाडौं बाट खटियका नेपाल प्रहरी केनाईन कार्यलयका टोलि बाट पहरी बरिष्ठ हवलदार भिम प्रसाद गौतमले छाडेका टाईगर      नामक डग को सहयोगमा पत्ता लाग्यो हत्यारा

छोरीको शव मैले अहिलेसम्म हेर्न सकेको छैन सिन्धुपाल्चोकदेखि काठमाडौंसम्म ल्याउँदा के-के भयो, कुनै सम्झना छैन’ भोटेकोशी गाउँपालिका-५ का पदम तामाङले छोरीको हत्यापछिको विवरण सोहरूची लाई  सुनाए, ‘म अचेत थिएँ ।’

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको पोस्टमार्टम कक्ष अगाडि शुक्रबार बिहान भेटिएका तामाङ आफन्त तथा गाउँलेबाट घेरिएका थिए । उनको दु:खमा काँध थाप्न पुगेका गाउँपालिका अध्यक्ष पासाङ नुर्प शेर्पा लगायत सबै आफन्त मलिन थिए । १२ वर्षीया छोरी निशालाई गुमाएका पदम सम्हालिने अवस्थामा थिएनन् ।

आफन्त नाता पर्नेबाटै बलात्कारपछि क्रुर तरिकाले हत्या गरिएको क्षण उनी सम्झन चाहँदैनन् । ‘म यो घटना सम्झनै चाहन्नँ । त्यही भएर मैले छोरीको शव पनि हेरेको छैन,’ पदम आँखा टिलपिल बनाउँदै भन्छन् ।

११ असार बिहानदेखि भावविह्वल बनेका पदम अझै अनिंदो छन् । टोलाइरहन्छन् । आफू घर नभएको मौकामा अपराधीले छोरीमाथि योजनाबद्ध आक्रमण गरेको उनले बताए ।
१० फागुन मध्यराति ओछ्यानबाटै बेपत्ता बनाइएकी पदमकी छोरी निशालाई ५ जनाको समूहले बलात्कारपछि हत्या गरेको खुलेको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५ कालेगाउँ बस्ने १२ वर्षीया निशा स्थानीय विद्यालयमा कक्षा ७ मा पढ्दै थिइन् । १० असारमा बाबु पदम कोदो रोप्न भन्दै घरबाट हिंडे । राति उतै बसे

जेठी छोरी-ज्वाईं पनि पदमकै घरमा बस्थे । कोदो रोप्न गएका पदम नफर्केकाले त्यस दिन घरमा जेठी छोरी-ज्वाईं र निशा मात्र थिए । राति घरमै सुतेकी निशा भोलिपल्ट बिहान ओछ्यानमा भेटिइनन् । बिहानै निशा हराएको भन्दै गाउँमा हल्लाखल्ला भयो । कसैले देखे-सुनेको बताएनन् ।

शव कसैले नभेटोस् भनेर करिब एक किलोमिटर टाढाको छ्यादीखोलामा फाल्ने उद्देश्यले भीरबाट खसालेका थिए । तर रूख र ढुंगाको कारण शव माथि नै अड्किएको अवस्थामा भेटिएको थियो ।

११ गते बिहानबाटै पदमको मन बेचैन भइसकेको थियो । उनका दाइका छोरा फुर्वा तामाङ सोही दिन बिहानै च्याउ टिप्न भन्दै छ्यादीखोला जंगलतर्फ लागे । च्याउ टिप्ने क्रममा उनले भीरमा अड्केको अवस्थामा मान्छेको खुट्टा देखे । अलि नजिक गएर हेर्दा शव चिनिहाले- उही निशा ।

हस्याङफस्याङ गर्दै दौडिंदै फुर्वा घर पुगेर काका पदमलाई अँगालो हालेर रुन थाले । घटनाबारे बताए ।

‘सुरुमा मलाई नै विश्वास लागेन । हेर्न जान्छु भन्दा भतिज तपाईंले हेर्नसक्ने अवस्था छैन भन्दै रुन थाल्यो । गाउँका अरु गएर हेरे । सबैले निशा नै भने । तर मैले हेर्न सकिनँ,’ पदम त्यो क्षण सम्झन्छन् ।

१० गते राति ओछ्यानबाटै हराएकी निशा भोलिपल्ट मृत भेटिइन् । ११ गते बिहान साढे ९ बजेतिर प्रहरीलाई घटनाबारे जानकारी गराइयो ।

चार्ज गर्ने निहुँ बनाएर घरबाट अपहरण गरी हत्या

निशाको बलात्कार-हत्या प्रकरणमा प्रहरीले ५ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेहरू मृतक बालिकाकै आफन्त नाता पर्ने तथा छिमेकीहरू रहेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेहरूमा भोटेकोशी गाउँपालिका-५ मार्मिङका २१ वर्षीय निमा तेन्जिङ तामाङ, सोही ठाउँका २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नाम्ग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीया लाक्पा पासाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले बताए ।

उनीहरूलाई प्रहरीले सोही गाउँबाट पक्राउ गरेको हो । उनीहरूमध्ये एक जनालाई भने आज शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो । निशाको बलात्कार र हत्या प्रकरणमा जोडिएका सबै जना पक्राउ परेको एसपी कार्कीको भनाइ छ ।

बलात्कार र हत्यापछि पनि उनीहरू गाउँमै बसोबास गर्दै आएका थिए । पक्राउ परेकाहरू विरुद्ध नाबालिका बलात्कार र कर्तव्य ज्यानको कसुरमा सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

उनीहरूले निशालाई बलात्कार गर्ने योजना बनाएर चार्ज गर्ने निहुँले उनको घरमा पुगेको एक अनुसन्धान अधिकृतले बताए ।

हाफ लाइन आएकाले त्यस दिन मोबाइल चार्ज हुन पाएको थिएन । पदम विदेशबाट फर्केकाले उनले पावर बैंक ल्याएका थिए । त्यही पावर बैंकमा चार्ज गर्न भन्दै उनीहरूले मोबाइल निशालाई दिए । ‘टिकटक पनि हेर्नु, मोबाइल पनि चार्ज गर्नु भनेर केटाहरूले मोबाइल दिएका थिए ।

मोबाइल लिने निहुँमा राति उनको घरमा गई बालिकालाई बाहिर लगेर बलात्कारपछि हत्या गरेको देखिन्छ,’ एक अनुसन्धान अधिकृतले भने ।

निशालाई घरबाट बाहिर निकालेपछि उनीहरूले सुरुमा कटेरामा लगेको खुलेको छ । कटेरोमा निशाका बाहिरी कपडाहरू समेत भेटिएको थियो । त्यसपछि नजिकैको मकैबारीमा लगेर बलात्कार गरेको पाइएको प्रहरीको भनाइ छ । घटनास्थलको मकैबारी माडिएको समेत प्रहरीले जनाएको छ ।

यो सबै काम गर्नेहरूलाई निशाले चिनेको हुनाले पोल खुल्ने डरले उनीहरूले घाँटी कसी हत्या गरेको स्वीकार गरेको प्रहरीले समेत बताएको छ । कपडाले घाँटीमा कसेर हत्या गरेको, अनुहारमा ढुंगाले हानेको पाइएको प्रहरीले बताएको छ ।

मकैबारीमा निशाका भित्री बस्त्रहरू भेटिएका थिए । शव कसैले नभेटोस् भनेर करिब एक किलोमिटर टाढाको छ्यादीखोलामा फाल्ने उद्देश्यले भिरबाट खसालेका थिए । तर रूख र ढुंगाको कारण शव माथि नै अड्किएको अवस्थामा भेटिएको थियो ।

अभियुक्त नै भन्थे- अपराधीलाई छोड्नुहुँदैन

स्थानीयले शव देखेपछि कसैले छोएनन् । क्राइम सिन सुरक्षित राखे । बिहान साढे ९ बजेतिर नै प्रहरीलाई खबर भयो । त्यसपछि इलाका प्रहरी कार्यालय बाह्रबिसे र जिल्ला प्रहरी कार्यालयबाट एसपी सहितको टोली खटियो ।

यो बीचमा नांगो अवस्थामा शव भेटिएकाले बलात्कारपछि हत्या भएको निष्कर्ष प्रहरीले निकालिसकेको थियो । सिन्धुपाल्चोक प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गर्दा अहिले पक्राउ परेका अभियुक्तहरू पनि घटनास्थल वरपर घुम्दै प्रहरीलाई नै गाइड गर्थे ।

‘यताबाट घिसार्दै उता लगेको जस्तो छ । यस्तो अपराधीलाई त छोड्नुहुँदैन सर । हेर्नै नसकिने गरी मारेको छ । कस्तो अपराधी रहेछ,’ भन्दै आफूहरूलाई त्यतिबेला अहिले पक्राउ परेका व्यक्तिले भनेको एक अनुसन्धान अधिकृत बताउँछन् ।

घटना भएको जानकारी पाएपछि काठमाडौंमा रहेका गाउँपालिका अध्यक्ष शेर्पा पनि घटनास्थल पुगेका थिए । उनलाई अहिले पक्राउ परेका युवाहरूले नै घटनास्थलबारे गाइड गरेको अध्यक्ष शेर्पा बताउँछन् ।

गाउँपालिका अध्यक्ष पासाङ नुर्प शेर्पा

‘कहिल्यै चिया-कफी खाउँ नभन्ने केटाहरू (अहिले हिरासतमा रहेका व्यक्ति) पनि दाइ चिया खाउँ, चिसो खाउँ भन्दै अस्वाभाविक हर्कत गर्थे । यसरी मारे जस्तो छ दाइ भन्थे । पछि त उनीहरू नै पो पक्राउ परे । म त छक्क परें,’ गाउँपालिका अध्यक्ष शेर्पाले  भने ।

१२ वर्षीया बालिकाको नांगो शव भेटिएपछि प्रहरीले काठमाडौंबाट कुकुर मगाएर अनुसन्धान गरेको थियो । दिउँसो ३ बजेतिर प्रहरीका दुई वटा तालिमप्राप्त कुकुर घटनास्थल पुगेका थिए ।

डगह्यान्डलरले घटनास्थलमा स्निफिङ गराएर छाडेको केहीबेरमै अभियुक्त कानूनी दायरामा आए । प्रहरीको कुकुर घटनास्थल सुँघ्दै एक व्यक्तिको घरमा पुग्यो । त्यसपछि कपडामा संकेत गर्‍यो । ती कपडामा रगतका केही टाटा समेत भेटिए । कपडा कसको भन्ने पत्ता लगाएपछि केहीबेर अघिसम्म प्रहरीलाई गाइड गर्दै हत्यारालाई छोड्नुहुँदैन भन्ने व्यक्ति नै पक्राउ परे

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२