इन्स्पेक्टर बिशाल बुढाथोकी सहित प्रहरी टोलीको सफलता, अवैध ३२ लाख रकम बरामद

Logo
सोहरुची प्रकाशित शुक्रबार, आषाढ ०५, २०८३ सुरक्षा र अपराध

सर्लाही – जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिशाल बहादुर बुढाथोकीको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

मलंगवा नगरपालिका–१० स्थित डिम्पुल क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ०५–००१ प १९०६ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा जाँच गर्दा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा रामनगर गाउँपालिका–३ निवासी २८ वर्षीय गुडु कुमार यादव र सोही स्थानका २४ वर्षीय रूपेश कुमार यादव रहेका छन्। प्रहरीका अनुसार मोटरसाइकलको ट्याङ्कीमाथि राखिएको रातो–निलो झोलाभित्रबाट १ हजार दरका २ हजार ५ सय थान (२५ लाख रुपैयाँ), ५ सय दरका १ हजार ३ सय थान (६ लाख ५० हजार रुपैयाँ) र १ सय दरका ५ सय थान (५० हजार रुपैयाँ) गरी जम्मा ३२ लाख रुपैयाँ बरामद गरिएको हो।

बरामद रकमको वैध स्रोत खुलाउन नसकेपछि नगद, मोटरसाइकल तथा दुवै व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरी निरीक्षक बिशाल बहादुर बुढाथोकीको नेतृत्वमा खटिएको टोलीले उक्त सफलता हाँसिल गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२