क्रोएसियामा चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शनमा आउने

Logo
सोहरुची प्रकाशित बिहिबार, आषाढ ०५, २०८२ मनोरंजन समाचार

जाग्रेब । कोएसियामा नेपाली कथानक चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शनमा आउने भएको छ । क्रोएसियास्थित लालीगुराँस होस्टेल र नेपाली थकाली हाउसको प्रस्तुतिमा जाग्रेब स्थित नेशनल युनिभर्सिटी सेस्भेटेमा चलचित्र प्रदर्शनमा आउने भएको हो । क्रोएसियामा बसोबास गर्दै आएका प्रवासी नेपाली दाजुभाइ दिदीबहिनी लक्षित प्रदर्शन गर्न लागिएको चलचित्र यही २०२५ जुन २९ आइतबारको दिन प्रदर्शन गरिनेछ ।

क्रोएसियामा रहेका नेपाली समुदायलाई एक आपसमा भाइचारा वृद्धि गर्नेसँगै नेपाली चलचित्र मार्फत नेपालको सांस्कृतिक, राजनीतिक र सामाजिक परिवेशसँग जोड्न र फुर्सदको समयलाई प्रभावकारी बनाउन चलचित्र प्रदर्शन गरिने भएको हो । पूर्वेली परिवेशको अन्तर्जातीय प्रेमकथालाई चलचित्रमा मिहिन ढंगले प्रस्तुत गरिएको छ ।

युरोपको विभिन्न देशहरू बेल्जियम, पोर्चुगल लगायतका देशमा अधिक मन पराइएपछि चलचित्र क्रोएसियामा प्रदर्शन गर्न लागिएको हो । नेपाल लगायत अन्य देशमा राम्रो प्रतिक्रियासँगै व्यावसायिक सफलता प्राप्त गर्न सफल चलचित्र क्रोएसियाको नेशनल युनिभर्सिटी सेस्भेटेमा प्रदर्शन गर्न लागिएको व्यवस्थापन सम्हालिरहेका आयोजक टिमका विनोद अधिकारीले जानकारी दिए ।

चलचित्र अग्रिम बुकिङ गरेर आफ्नो सिट सुरक्षित गर्न चलचित्रको टिकट थोमश बार, एभरेष्ट म:म: पोइड हव डिजिटल, बुद्ध मार्ट, नेपाली थकाली हाउस र लालीगुराँस होस्टलमा प्राप्त गर्न सकिन्छ । आयोजकका अनुसार चलचित्र हेर्नका लागि प्रति टिकट मुल्य १० युरो तोकिएको छ ।

जुन २९ तारिख आइतबार चलचित्र ‘ऊनको स्वीटर’ बिहान १२:०० बजे, दिउँसो ३:०० बजे, साँझ ६:०० गरि ३ शो प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ ।

नवीन चौहान निर्देशत चलचित्र ‘ऊनको स्वीटर’ आर्टमाण्डुको व्यानरमा निर्माण भएको पहिलो चलचित्र हो । करोडौं पटक हेरिएका गीत संगीत समेटिएको चलचित्र ‘ऊनको स्वीटर’ ले प्रदर्शनको ३ सातामै नेपालभर १० करोड ५ लाख रुपैयाँ ग्रस कमाइ गर्दै नेपालमा वर्ष २०८२ को पहिलो सुपरहिट फिल्म बन्न सफल भएको थियो ।

चलचित्रमा कलाकार विपीन कार्की, मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, सुनील पोखरेल र माओत्से गुरूङजस्ता सुप्रसिद्ध कलाकारहरूको सशक्त अभिनय रहेको छ ।

दर्शकको सकारात्मक प्रतिक्रिया, मौखिक प्रचारले दर्शक श्रोताको माया बटुल्न सफल चलचित्र ‘ऊनको स्वीटर’ निर्माण र व्यावसायिक दुवै स्वरुपले सफल चलचित्र भएको दर्शकहरूले प्रतिक्रिया दिने गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२