काठमाडौँ / हैजा विभिन्न प्रकारका भिब्रियो कलेरा ब्याक्टेरीयाका कारणले हुने रोग हो। जसमध्ये केहीले अत्यन्तै कडा खालको रोग लगाउने गर्दछन्। यो रोग प्राय भिब्रियो कलेरा ब्याक्टेरिया भएको दिसाको सम्पर्कमा आएको पानी तथा खानाका कारण सर्ने गर्दछ। राम्रोसँग नपाकेको समुद्री खाना (सी फुड) यो ब्याक्टेरियाको मुख्य स्रोत हो। हाल नेपालको केही ठाउँमा हैजा फैलिएको छ।ललितपुरका थप दुई जनामा हैजा पुष्टि भएको छ । योसँगै देशभर हैजा सङ्क्रमित सङ्ख्या २५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २४ घण्टामा ललितपुरका दुई जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो ।