तामाङ समाज क्रोएसियाको दोस्रो वार्षिक साधारणसभा हुँदै

Logo
सोहरुची प्रकाशित बिहिबार, मंसिर २५, २०८२ चाडपर्व धर्म संस्कृति समाचार

जाग्रेब । तामाङ समाज क्रोएसियाले आफ्नो दोस्रो वार्षिक साधारण सभा आगामी २०२५ डिसेम्बर १४ गते आयोजना गर्ने भएको छ। साधारणसभा दिउँसो १२:३० बजेबाट औपचारिक रूपमा सुरु हुनेछ।

वार्षिक साधारण सभा क्रोएसियाको राजधानी जाग्रेबस्थित सेन्टर स्क्वायर, Ritam Grada – Gajeva Ulica 2, Zagreb, Grad Zagreb 10000 मा सम्पन्न हुनेछ। स्थान छानिँदा सहज पहुँच, सार्वजनिक यातायात सुविधा र सामुदायिक गतिविधिका लागि उपयुक्त वातावरणलाई प्राथमिकता दिइएको बताइन्छ।

तामाङ समाज क्रोएसियाका अध्यक्ष प्रकाश चन्द्र तामाङले कार्यक्रममा सक्रिय सहभागि भई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि सहयोग, सहकार्य गर्नका लागि आग्रह गरेका छन् । अध्यक्ष तामाङले क्रोएसिया एवं विश्वभर छरिएर रहेका तामाङ समुदायलाई आफ्नो पहिचान, मौलिकता र सांस्कृतिक गौरवसहित एकताबद्ध बन्न आग्रह गर्दै सभामा सहभागी हुन निमन्त्रणा गरेका छन् ।

यो साधारण सभा क्रोएसियामा रहेका तामाङ समुदायको एकता, पहिचान र सांस्कृतिक जगेर्नाका लागि महत्वपूर्ण मञ्चका रूपमा रहने बताइएको छ। “विश्वभरि छरिएर रहेका तामाङहरू एक हौं, आफ्नो भाषा, धर्म र संस्कृतिको जगेर्ना गरौं” भन्ने मूल नारासहित यस वर्षको सभा आयोजना गर्न लागिएको हो।

कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुतिकरण, आर्थिक विवरण, आगामी वर्षको योजना तथा कार्यक्रम पारित गर्ने विषयहरू समावेश गरिने संस्थाले जनाएको छ। साथै, सांस्कृतिक चिनारी, परम्परा संरक्षण, समुदायिक सञ्जाल विस्तार, युवा सहभागिता वृद्धि तथा आपसी प्रेम र सहकार्य मजबुत बनाउने विषयमा समेत छलफल गरिने आयोजकले जनाएको छ।

तामाङ समाज क्रोएसिया अघिल्लो वर्ष गठन भई स्थानीय समुदायमा नेपाली सांस्कृतिक पहिचान प्रवर्द्धन, आपतकालीन सहयोग, सांस्कृतिक कार्यक्रम तथा प्रवासी नेपालीहरूबीच समन्वय गर्ने विभिन्न औपचारिक एवं अनौपचारिक गतिविधि गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२