

काभ्रे / सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले बिगत ३१ बर्ष देखि आफ्ना सम्पुर्ण बचतकर्ता र सेयर सदस्यहरूको बिस्वास जित्न सफल रहेको र अबको दिनहरूमा पनि भरोसा टुट्न नदिने प्रतिबद्दता गरेको छ ।
काभ्रेपलाञ्चोक पनौती ४ मा रहेको यस सँस्थाको केहि कर्मचारिहरूले सस्थाको रकम कानुन र निति बिपरित आफ्ना आफन्तलाई लोन बनाई आफु जिम्मेवारी बसि स्वयम् आफैले चलायको थियो
यो कुरा संस्थाले थाह पाउने बितिकै जनताको पैसा हिनामिना नहोस भनि संस्थाले सोहि कर्मचारी बाट रकमको साँवा र ब्याज समेत असुल उपर गरि सुरक्षित गरायको संस्थाले प्रेस बिज्ञप्ति मार्फत जनाएको छ ।
संस्थाले पहिलो प्राथमिकता जनताको पैसा सुरक्षित गराउनु थियो गराऐका छौ र उक्त ब्यक्तिहरूलाई निलम्बन गरि अझै अरू छानबीन समेत भैरहेको र छानबीन पछि उनिहरूलाई कानुन बमोजिम कार्बाहिको दायरामा ल्याउने जनाऐको छ ।