एन्फा महिला लिग : सुदूरपश्चिमविरुद्ध आर्मीको १४ गोल

Logo
सोहरुची प्रकाशित बुधबार, भाद्र २५, २०८१ खेलकुद मनोरंजन समाचार

विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले मंगलबार एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशमाथि १४–१ को फराकिलो जित निकालेको छ । आर्मीको सानदार जितमा दीपा शाहीले सर्वाधिक पाँच र अनिता लम्जेलले दुई गोल गरेका छन् । जितसँगै तीन खेलमा ६ अंक जोडेको आर्मी चौथो स्थानमा उक्लिएको छ । ९ अंकसहित कोशी प्रदेश शीर्ष र सात अंक जोडेको एपिएफ दोस्रो स्थानमा छ ।

आर्मीले वालिङ नगरपालिकालाई ४–० ले हराएको थियो । विभागीय प्रतिद्वन्द्वी नेपाल एपिएफ क्लबसँग २–१ ले पराजित भएको थियो । आर्मीले तीन खेलमा १९ गोल विपक्षीको पोस्टमा गरेको छ । सुदूरपश्चिम लगातार तेस्रो खेलमा फराकिलो अन्तरले पराजित भएको छ । अंकविहीन सुदूरपश्चिम पुछारमा छ । सुदूरपश्चिमले तीन खेलमा २९ गोल व्यहोरेको छ । सुदूरपश्चिमले विपक्षी पोस्टमा दुई गोल फर्काएको छ । सुदूरपश्चिम पहिलो खेलमा बागमती युथ क्लबसँग ५–१ र नेपाल पुलिस क्लबसँग ९–० ले पराजित भएको थियो ।

एन्फा कम्प्लेक्समा सुदूरपश्चिमविरुद्ध आर्मीका विमला चौधरी, हिमा चौधरी, चन्द्रा भण्डारी, सञ्जु कुमाल, विमला विक र सावित्रीदेवी मगरले समान एक गोल गरे । दुवै टोलीले समान एक गोल आत्मघाती उपहारस्वरूप प्राप्त गरेका थिए । प्रतिस्पर्धाको छैटौँ मिनेटमा विमलाले आर्मीलाई १–० को अग्रता दिलाइन् । खेलको १५औँ मिनेटमा हिमाले २–० का लागि गोल गरिन् । खेलको २१औँ मिनेटमा सुदूरपश्चिमकी शान्ति विकले आत्मघाती गोल गर्दा आर्मी ३–० ले अगाडि बढ्यो । ह्याट्रिक गरेकी दीपाले खेलको २४औँ मिनेटमा ४–० का लागि गोल गरिन् ।

इन्जुरी समयमा दीपाको ह्याट्रिकसुदूरपश्चिमको कमजोर रक्षापंक्तिको फाइदामा आर्मीले पहिलो हाफमै ८–० को अग्रता लिएको थियो । मध्यान्तरअघि नै दीपाले आफ्नो ह्याट्रिक पूरा गर्न सफल भइन् । खेलको ३०औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गर्दा आर्मी ६–० ले अघि रह्यो । खेलको ४५औँ मिनेटमा सञ्जुले आर्मीलाई ७–० को बलियो स्थितिमा राखिन् । पहिलो हाफको इन्जुरी समयमा दीपाले ह्याट्रिक पूरा गरिन् । दोस्रो हाफमा पनि आर्मीले गोल गर्ने क्रमलाई जारी नै राख्यो । आर्मीले दोस्रो हाफमा ६ गोल थपेको थियो ।

दीपाले खेलको ५३औँ र ६१औँ मिनेटमा गोल गर्दै आर्मीको अग्रता १०–० को बनाइन् । खेलको ६३औँ मिनेटमा विमला विकले आर्मीका लागि ११औँ गोल गरिन् । खेलको ८१औँ मिनेटमा आर्मीले १२–१ ले अघि रह्यो । खेलको अन्तिम इन्जुरी समयमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई १४–१ को सानदार जित दिलाइन् ।

आर्मी र सुदूरपश्चिमको खेलसँगै एन्फा महिला लिगको तेस्रो राउन्डका खेल सकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ । पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२