

पनौती, काभ्रेपलाञ्चोक — निर्देशक धनेन्द्र तिमल्सिना (राज) को निर्देशनमा टेलिचलचित्र ‘मालती’ को छायाङ्कन सुरु भएको छ । छायाँङ्कन पनौती नगरपालिका–२ स्थित छिना भन्ज्याङबाट औपचारिक रूपमा सुरू भएको हो। सामाजिक विषयवस्तुलाई आधार बनाएर निर्माण गरिएको यस टेलिचलचित्रले नेपाली समाजमा देखिने वास्तविकता र घटनाक्रमलाई उजागर गर्ने उद्देश्य राखेको छ।
निर्देशक तिमल्सिना ‘मालती’ नेपाली समाजको भोगाइ र यथार्थलाई नजिकबाट चित्रण गर्ने र दर्शकलाई आत्मीय अनुभव दिलाउन टेलिचलचित्र सफल हुनेमा विश्वस्त छन् ।
साबित्री हुमागाईको प्रस्तुतिमा तयार हुँदै गरेको यो कथानक टेलिचलचित्रकी निर्माता सरु हुमागाईं हुन्। चलचित्रको छायाङ्कन सन्तोष तिमल्सिनाले गरेका छन् भने डिओपी (क्यामेरा निर्देशक) को जिम्मेवारी मुकेश हुमागाईंले सम्हालेका छन्।
‘मालती’ मा कलाकारहरू प्रिती शिवाकोटी, राकेश रनपाल, अनिता सुन्दास, लेखराज दाहाल, रमेश सापकोटा, आशिका खत्री, हरि भण्डारी, रुपा चौहान, रिया सुवेदी, भोला भण्डारी, बाङ्गेल लामा, अस्त्राम श्रेष्ठलगायतका कलाकारहरूको दमदार अभिनय रहनेछ।
टेलिचलचित्र सामाजिक सन्देश र यथार्थवादी कथावस्तुको कारण दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। चलचित्र मालती अफिसियल युट्युब च्यानलमार्फत प्रशारण हुनेछ ।