बनेपामा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, बेलर इन्टरनेशनल एकेडेमीलाई उपाधि

Logo
सोहरुची प्रकाशित मंगलबार, मंसिर १६, २०८२ काभ्रे विशेष खेलकुद

बनेपा, मंसिर — बनेपा नगरस्तरीय सातौं अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मंगलबार सम्पन्न भएको छ। खेलकुद र शिक्षा सँगसँगै अघि बढाउनुपर्ने उद्देश्यका साथ बनेपा नगरपालिकाले प्रतियोगिता आयोजना गरेको हो।

यस वर्षको राष्ट्रपति रनिङ शिल्ड बेलर इन्टरनेशनल एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै हात पारेको छ। विद्यालयले गत वर्षको उपाधि पनि कायम राख्न सफल भएको छ। विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई वागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले पुरस्कार वितरण गरेका थिए।

पुरस्कार वितरण कार्यक्रममा मन्त्री बादेले खेलकुद विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि अपरिहार्य भएको बताउँदै खेल क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतासाथ अघि बढाइरहेको बताए। “सबैभन्दा ठूलो धन स्वास्थ्य हो, खेलकुदले विद्यार्थीको क्षमता प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्छ,” मन्त्री बादेले भने।

कार्यक्रम बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख शाक्यले विद्यार्थीको व्यक्तित्व, नेतृत्व क्षमता र टीमवर्क विकासमा खेलकुद प्रभावकारी हुने भन्दै नगरपालिकाले खेल पूर्वाधार र बजेटमा प्राथमिकता दिएको बताए।

उप–प्रमुख विमला सापकोटा दाहालले पनि खेलकुद राष्ट्रको प्रतिष्ठा र गौरवसँग जोडिएको क्षेत्र भएको उल्लेख गर्दै खेलाडीहरूले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल होऊन् भन्ने शुभकामना व्यक्त गरिन्।

समापन कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, शिक्षा शाखा प्रमुख उप–सचिव देवराज निरौला, कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

प्रतियोगितामा दौड, रिले, भलिबल, कबड्डी, हाईजम्प, लङजम्प, सटफुट र जेभलिनलगायतका खेलहरू समावेश गरिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२