

काभ्रेपलाञ्चोक/ नेपाली काङ्ग्रेस धुलिखेल नगर कार्यसमितीको आयोजनामा विशेश्वर प्रसाद कोइरालाको ४३ औ स्मृति दिवसको अवसरमा श्रध्दाञ्जलि र माल्यार्पण कार्यक्रम सम्पन्न ।

Screenshot
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य सिव प्रसाद हुमगाईको प्रमुख आतिथ्यतामा
आज धुलिखेल (जरनडाँडा) हस्पिटल चोक मा रहेको वि पि कोइरालाको सालिकमा माल्यार्पण गरेर श्रध्दाञ्जलि दिदै कार्यक्रम समापन भएको हो ।
कार्यक्रममा प्रमुख अथिति रहनुभएका सिव प्रसाद हुमगाईले वि पि कोईरालालाई सम्झदै , भन्नुभयो उहाँको विचार नै नेपाली जनताको हितको विचार र नेपाललाई सम्मृद्द तर्फ लैजाने विचार हो , हाम्रो मुलुक किसान छ , जस्ले किसानको भलाइ गर्दछ , हलो जोत्ने मानिसको भलाई गर्दछ , जसले गाँउलाई सिङ्गार्दछ ,त्यहि नै हाम्रो समाजवाद हो ।
सोहि कार्यक्रममा बोल्दै , आयोजक टिम तथा धुलिखेल नगर का नेपाली काङ्ग्रेसका नगर सभापति बिदुर बस्नेतले पनि वि पि कोइरालालाई सम्झदै उहाँको विचार संग आफु सहमत भऐको कारण अबको दिनमा पनि वि पि को विचार र सिद्दान्तलाई काधमा बोकेर जनताको सेवामा लागिरहने प्रतिबद्दता राख्नुभयो ।

Screenshot
उक्त कार्यक्रम प्रमुख अथिति नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य शिव प्रसाद हुमगाई , जिल्ला उपसभापति रमेस प्रसाद हुमगाई, सचिव गुणराज मोक्तान, सह सचिव द्वय समिर ब्यान्जु श्रेष्ठ ,रबिन्द्र नाथ सग्देल , जिल्ला सदस्य राम राज जोशी , जितकृष्ण श्रेष्ठ , निराजन जंगम , रामकृष्ण पोखरेल , धुलिखेल नगर सभापति बिदुर बस्नेत , नगर सचिव सुरज श्रेष्ठ , लगायतका नेता कार्यकर्ताको उपस्थितमा धुलिखेल नगर सभापति बिदुर बस्नेतको सभापतित्वमा कार्यक्रम समापन भएको थियो ।
वि पि कोईराला प्रजातान्त्रिक आन्दोलनका महान र अथक योद्धा,नेपाली कांग्रेसको विचार र सिद्धान्तका मुहान, नेपाली कांग्रेसका संस्थापक नेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, हुनुहुन्थयो ।