

मण्डनदेउपुर / काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ इन्द्रावती खोलाको बगरबाट बालुवा लोड गरी फर्किने क्रममा एक टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
२०८२ जेठ २८ गते बिहान ३:०० बजे तिर बा ४ ख ३३६३ नम्बरको टिपर उकालोमा ब्याक भई करिब १०० मिटर तल खसेर पल्टिएको हो। दुर्घटनामा परी टिपर चालक नुवाकोट जिल्ला, सूर्यगढी गाउँपालिका वडा नम्बर ७ का ४८ वर्षीय लवकुश अधिकारीको घटनास्थलमै मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरी चौकी हिगुवापाटीबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर आवश्यक अनुसन्धान अगाडि बढाएको छ।