बनेपा नगरपालिकाको सम्मानमा परिन् सिंजा रंजितकार, उत्कृष्ट करदाताको पहिचान

Logo
सोहरुची प्रकाशित शनिबार, चैत्र १४, २०८२ समाचार

काभ्रेपलान्चोक – बनेपा नगरपालिकाको ४५ औँ स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहमा आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत उत्कृष्ट करदातामध्ये बनेपा नगरपालिका–१० निवासी सिंजा रंजितकार सम्मानित भएकी छन्।

व्यक्तिगत कर दाखिला गरेबापत उनलाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो। सम्मान नगर प्रमुख शान्ति रत्न शाक्य तथा उपप्रमुख बिमला सापकोटाले संयुक्त रूपमा प्रदान गरेका थिए।

सम्मानित सिंजा रंजितकार समाजसेवी, सामाजिक व्यक्तित्व तथा युवा व्यवसायीका रूपमा परिचित नेकपा एमालेका नेता र नगर प्रमुखका पूर्व प्रत्याशी रत्नकुश रंजितकारकी धर्मपत्नी हुन्।

स्थानीय स्तरमा सामाजिक सक्रियता, व्यवसायिक योगदान र जनसरोकारका विषयमा निरन्तर सक्रिय रहँदै आएका रंजितकार परिवारको कर योगदानलाई यस सम्मानले थप अर्थपूर्ण बनाएको स्थानीयवासीले बताएका छन्।

नगर प्रमुख शान्ति रत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कन्चन चन्द्र बादे श्रेष्ठ प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति प्रमुख दिपक कुमार गौतम विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा नगर विकासमा करदाताको भूमिकालाई अत्यन्त महत्वपूर्ण मान्दै कर तिर्ने संस्कृतिलाई अझ सुदृढ बनाउने विषयमा जोड दिइएको थियो। नगर प्रमुखले स्थानीय विकासका लागि नागरिकको कर योगदान आधारभूत शक्ति भएको उल्लेख गर्दै आगामी दिनमा उत्कृष्ट करदातालाई थप प्रोत्साहन गरिने बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२