लगातारजसो घटिरहेको नेप्से परिसूचकमा बुधबार दोहोरो अंकको वृद्धि भएको छ। नेप्से ४९.१८ अंकले बढेर दुई हजार पाँच सय १९.५७ विन्दुमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.७८ प्रतिशतले बढेको छ।
आज कारोबारमा आएका ३२७ कम्पनीको एक करोड २४ लाख ९८ हजार कित्ता सेयर चार अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। कारोबार रकममा निरन्तर गिरावट आइरहेको छ। अघिल्ला दिनहरूमा साढे पाँच अर्बबराबरको सेयर कारोबार भएको थियो।
यस दिन २२३ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको मात्रै मूल्य घटेको छ। विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत् कम्पनी र थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। हिमालयन हाइड्रोपावर र स्वरोजगार लघुवित्तका लगानीकर्ताले सर्वाधिक ६ प्रतिशतभन्दा धेरैले गुमाएका छन्