१७ वर्ष कैद सजाय तोकिएका फरार कैदी धुलिखेलबाट पक्राउ

Logo
सोहरुची प्रकाशित मंगलबार, माघ १३, २०८२ समाचार सुरक्षा र अपराध

काभ्रेपलाञ्चोक -जबरजस्ती करणी सम्बन्धी मुद्दामा १७ वर्ष कैद सजाय तोकिएका फरार कैदीलाई प्रहरीले धुलिखेलबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार रहेका प्रकाश श्रेष्ठलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो। २८ वर्षका श्रेष्ठ सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका–१० निवासी मनबहादुर श्रेष्ठका नाती तथा नरबहादुर श्रेष्ठका छोरा हुन्।

प्रहरीका अनुसार २०८२ माघ १२ गते अपराह्न करिब ४:३० बजे धुलिखेल नगरपालिका–४ स्थित काठमाडौं विश्वविद्यालय नजिक लुकीछिपी हिँडिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

प्राप्त विवरणअनुसार प्रकाश श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा आर्थिक वर्ष २०७६/०७७ मा जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएको थियो। सो मुद्दामा सोलुखुम्बु जिल्ला अदालतले उनलाई १७ वर्ष कैद सजाय सुनाएको थियो।

पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले उक्त जानकारी दिएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२