बंगलादेश विधार्थी आन्दोलनमा एकैदिन ९१ को मृत्युु

Logo
सोहरुची प्रकाशित सोमबार, साउन २०, २०८१ राजनीति समाचार

बंगलादेशमा सरकारविरोधी पछिल्लो प्रदर्शनमा एकै दिन ९१ जनाको मृत्यु भएको छ । आइतबार भएको प्रदर्शनमा ठूलो संख्यामा मानिसहरूको मृत्यु भएको हो ।झडपमा दुई सयभन्दा बढी घाइते भएका र १४ सुरक्षाकर्मी मारिएका भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ ।

प्रधानमन्त्री सेख हसिनाको राजीनामा माग गर्दै आएका हजारौँ सरकारविरोधी प्रदर्शनकारी र सरकार समर्थकबीच आइतबार दिनभर झडप भएको थियो । सामाजिक सञ्जालमा देखाइएका भिडियोमा ढाकामा खचाखच भिडले घेरिएको बख्तरबन्द कारमाथि प्रदर्शनकारीहरूले बंगलादेशी झन्डा फरफराएका थिए । निजामती सेवामा आरक्षण प्रणालीविरुद्धको र्‍यालीले जुलाईमा हिंसात्मक रूप लिएको थियो । उक्त प्रदर्शन प्रधानमन्त्री सेख हसिनाको १५ वर्षको कार्यकालको सबैभन्दा खराब अशान्तिको रूपमा लिइएको छ ।

आइतबार ढाकाका विभिन्न स्थान, उत्तरी जिल्ला बोगरा, पबना, रंगपुर र सिल्हेटका साथै पश्चिममा मागुरा, पूर्वमा कुमिल्ला, दक्षिणमा बरिसाल र फेनीमा भएका आन्दोलनमा एकै दिन ठूलो संख्यामा मृत्यु भएको प्राप्त विवरणमा जनाइएको छ । करिब १७ करोड जनसंख्या भएको दक्षिण एसियाली यस मुलुकमा विरोध प्रदर्शन व्यापक सरकारविरोधी आन्दोलनमा परिणत भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२