सम्पादक बजगाईलाई सम्मान, पत्रिकालाई अवार्ड

Logo
सोहरुची प्रकाशित शनिबार, साउन १०, २०८२ समाचार

 

काठमाडौ, अग्रज सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन् । शनिवार नेपाल पुलीस क्लब, काठमाडौंमा भएको ग्लोबल स्टार अवार्ड–२०२५ तथा दक्ष ईन्टरनेशनल र राज व्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा भएको ‘मिसेस ब्युटिफुल नेपाल’ को नवौं तथा मिस ब्युटिफुल नेपालको दशौं संस्करणको ग्राण्ड फिनालेको अवसरमा आयोजित विशेष कार्यक्रममा बजगाईलाई विषेश सम्मान गरिएको हो ।
विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पु¥याएबापत सम्मान गरिएको दक्ष ईन्टरनेशनलका प्रमुख एवं कार्यक्रम संयोजक समेत रहेका मेकअप आर्टिष्ट टेकराज पाण्डेले बताए । सम्मानका साथै बजगाईले कला, साहित्य र समाजसेवाको क्षेत्रमा समेत योगदान पु¥याएकोमा ग्लोबल स्टार अवार्ड–२०२५ को तर्फबाट नव क्षितिज साप्ताहिकको रजत गित सुशासनका लागि उत्कृष्ट शव्द रचनाको अवार्ड समेत प्रदान गरिएको थियो । उक्त गितको शव्द रचना पत्रकार बजगाईले गरेका थिए । कार्यक्रममा प्रमुख पाण्डे, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ संगितकार शम्भुजित बाँस्कोटालगायतले सम्मान गरेका थिए ।
साथै बेस्ट राईटर अवार्ड माननीय चन्द्र भण्डारी, पुर्व मन्त्री दिपेन्द्र श्रेष्ठ, राष्ट्रिय सभा सदस्य बिष्णु कुमारी सापकोटा र कार्यक्रम निर्देशक टेकराज पाण्डे, बरिस्ठ कलाकारहरु रमेश उप्रेती, मोहन निरौला, रमेश बुढाथोकीलगायत्ले प्रदान गरेका थिए ।
विगत लामो समयदेखि निरन्तर पत्रकारीता र समाज सेवाको माध्यमबाट यहाँले समाज रुपान्तरणमा पु¥याउनु भएको योगदान अतुलनिय छ । मोफसलमा रहेर पनि आफ्नो आवाज र कलम समाजप्रति सर्मपित गर्दै समृद्ध नेपाल निर्माणमा खेल्नु भएको भुमिका महत्व पूर्ण छ । साथै सामाजिक कार्य र समाज सेवामा तपाईले पु¥याउनु भएको योगदान झनै उत्कृष्ट रहेको छ । रंग पत्रकारिता मार्फत कला क्षेत्रलाई गरेको मायासमेतको उच्च प्रशंसा गर्दै तपाईलाई यो सम्मान अर्पण गर्दछौ–सम्मान पत्रमा भनिएको छ ।
प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक÷प्रधान सम्पादक रहेका बजगाई काभ्रेमा रहेर सक्रिय पत्रकारिता गरिरहेका छन । काभ्रेपलाञ्चोक जिल्लाको तत्कालिन नयागाउँ गा.वि.स.–७, हाल मण्डनदेउपुर–४, का बजगाई यसअघि पनि धेरै बिभिन्न संघ संस्थाबाट सञ्चार र समाज सेवामा योगदान पु¥याए बापत सम्मानित भै सकेका छन । बजगाई पत्रकारितासंगै कलाकारिता, साहित्य र समाजसेवामा क्रियाशिल रहेका छन ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२