जाग्रेब । माउन्टेन ग्रुप र एयरक्यासको सहकार्यमा क्रोएसियाबाट नेपाली प्रवासीहरूले नेपालको जुनसुकै बैंकमा सहजै पैसा पठाउन सक्ने भएका छन् । एक औपचारिक कार्यक्रमको आयोजना गर्दै माउन्टेन ग्रुपका डाइरेक्टर साइमन लामाले रिबन काटेर उक्त सेवाको शुभारम्भ गरेका हुन् । डाइरेक्टर लामाले मिहिनेतको रकमलाई नेपाल पठाउन सहज, भरपर्दो, सुलभ र आकर्षक दर सहित सेवा सुरु गरिएकाले प्रवासी नेपालीहरूले विश्वास गर्दै यही रेमिट्यान्स् मार्फत रकम नेपाल पठाउने बताएका छन् । उनले आफ्नो मोबाइलमा Aircash एप डाउनलोड गरि मोबाइल नम्बर र इमेल ठेगाना भेरिफाई गरि सेवा लिन सकिने र आवश्यक निर्देशनका लागि Whatsapp, टेलिफोन वा कार्यालयमा भौतिक रुपमै उपस्थित भई थप जानकारी र सेवा लिन सकिने बताए ।
उक्त रेमिट नेपालमा ग्लोबल आईएमई बैंक मार्फत नेपाल राष्ट्र बैंकको अनुमति लिई सञ्चालनमा आएको हो । ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा नेपालमा सोझै रकम पठाउन सकिने सेवा शुभारम्भ गरेको कम्पनीले क्रोएसियामा रही नेपालमा आफ्नो मिहेनतको पैसा पठाउन चाहनेलाई परामर्श सहित सेवा उपलब्ध गराउने भएको छ । एयरक्यास वालेटबाट तत्काल नगद जम्मा–निकासी, बिल तिर्ने, अनलाइन खरिद, कार्ड सेवाहरू र पैसा ट्रान्सफर जस्ता सुविधाहरू एक क्लिकमै उपलब्ध हुन्छ ।
माउन्टेन ग्रुपका अध्यक्ष साइमन लामाको संयोजकत्वमा सुरु भएको यो सेवाले क्रोएसियामा रही नेपालमा आफ्ना आफन्तजनलाई रकम पठाउन चाहनेहरूलाई सहज, सुलभ र द्रुत सेवा प्रवाह गर्ने जनाइएको छ । वालेटमा रकम जम्मा गर्न चाहनुहुने व्यक्तिहरूले क्रोएसिया स्थित Tisak, Ina, Inovine तथा क्रोएसियाको बैंक खाताबाट समेत रकम लोड गर्न सकिने बताइएको छ ।
सन् २०१४ बाट क्रोएसियामा सुरु भएको एयरक्यास रेमिटले आज युरोपसँगै विश्वका जुनसुकै देशमा किनमेल गर्न र भुक्तानी गर्न प्रयोग गर्न सकिने गरि आफ्नो सेवा विस्तार गरेको छ । EU द्वारा नियमन गरिएको तथा इजाजत प्राप्त इलेक्ट्रोनिक मुद्रा संस्था, क्रोएसियाको पहिलो प्रमुख फिनटेक प्लेटफर्मका रूपमा स्थापित भइसकेको छ ।
कम्पनीले पैसा मात्र होइन, विश्वास, सहजता र वित्तीय स्वतन्त्रता मुक्त डिजिटल समाज बनाउन भूमिका निर्वाह गरेको दाबी गरेको छ । कम्पनीले मध्य र पूर्वी यूरोप क्षेत्रदेखि युरोपभर आफ्नो उपस्थिति विस्तार गरी आज १ मिलियनभन्दा बढी प्रयोगकर्तामा सेवा पुर्याइरहेको छ । यसको सेवा २,५०,००० भन्दा बढी बिक्री बिन्दुहरूमा उपलब्ध छ, जसमा Shell, OMV, BP, Esso, ARAL, Avia जस्ता अन्तर्राष्ट्रिय किराना तथा इन्धन प्रदायकहरूसँग साझेदारी सामेल छ। साथै, Eventim, Wolt, Glovo, Laqo Insurance, Cameo Taxi जस्ता ठूला सेवा प्रदायकसँगको सहकार्यले यसको इकोसिस्टमलाई अझ व्यापक बनाएको छ ।
एअरक्यास एपबाट रकम पठाउँदा तुरुन्तै नेपाल पैसा जान्छ, यदि कुनै प्राविधिक समस्या देखिएको खण्डमा उल्लेखित ठेगाना र नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ ।
सम्पर्क ठेगाना :AIRCASH D.O.O.
Ulica grada Vukovara 271, Zagreb,Croatia
+385-01-4573537
For Official Promotion Co-Partner:
Mountains Group d.o.o.: Boškovičeva-6, Zagreb+385-998401902/916224833
