विज्ञान र नवप्रवर्तनमा पुनको उदय, गृह प्रशासनमा गुरुङको दोस्रो इनिङ

Logo
सोहरुची प्रकाशित मंगलबार, जेठ २६, २०८३ समाचार

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र बनेसँगै स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्धन मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुनलाई मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिसकेको छ भने मंगलबार दिउँसो शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ। उनीसँगै पूर्वगृहमन्त्री सुधन गुरुङ पनि पुनः गृहमन्त्रीको जिम्मेवारी सम्हाल्न फर्किने तयारीमा छन्।

जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तनसँगै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको रूपमा सरकारमा प्रवेश गरेका पुनले पछि पदबाट राजीनामा दिएर म्याग्दी–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। निर्वाचनमा विजयी भएपछि उनी प्रतिनिधिसभामा एक्लो स्वतन्त्र सांसदका रूपमा सक्रिय छन्। विज्ञान, प्रविधि र नवप्रवर्तनलाई राष्ट्रिय विकासको मूल आधार बनाउनुपर्ने धारणा राख्दै आएका पुनले लामो समयदेखि यस क्षेत्रका लागि छुट्टै मन्त्रालय गठन हुनुपर्ने आवाज उठाउँदै आएका थिए।

सरकारले गत वैशाख ३० गते ‘नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३’ मार्फत विज्ञान, प्रविधि तथा नवप्रवर्तनलाई छुट्टै मन्त्रालयका रूपमा संरचनागत मान्यता दिएको थियो। पुनको निरन्तर पहल र वकालतका कारण स्थापित उक्त मन्त्रालयको नेतृत्व अब उनैले सम्हाल्ने अवस्था बनेको छ। यद्यपि, मन्त्री नियुक्तिको विषयमा आफूलाई औपचारिक जानकारी भने अहिलेसम्म प्राप्त नभएको पुनले बताएका छन्। सदनमा रहँदा साथीभाइको फोनमार्फत मन्त्री बन्न लागेको खबर सुनेको उल्लेख गर्दै उनले जिम्मेवार निकायबाट औपचारिक सूचना नआएको प्रतिक्रिया दिएका छन्।

यता गृहमन्त्रालयमा पुनरागमन गर्न लागेका सुधन गुरुङको विषय पनि पछिल्ला महिनाहरूमा चर्चाको केन्द्रमा रहँदै आएको थियो। मन्त्री रहँदा तथा त्यसपछिका सार्वजनिक सरोकारका विषयमा उठेका प्रश्नहरूको अध्ययन तथा छानबिन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको थियो। मन्त्रिपरिषद्को निर्णयअनुसार उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारीको नेतृत्वमा गठित समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेका छन्। गुरुङले वैशाख ९ गते राजीनामा दिएपछि गठन भएको उक्त समितिको अध्ययनमा तत्काल कारबाही गर्नुपर्ने आधार नदेखिएको निष्कर्षपछि उनलाई पुनः गृहमन्त्रीको जिम्मेवारीमा फर्काउने निर्णय भएको सरकारी स्रोतले जनाएको छ।

नयाँ नियुक्तिसँगै सरकारले एकातर्फ विज्ञान, प्रविधि र नवप्रवर्तनलाई नीतिगत प्राथमिकतामा राख्ने संकेत दिएको छ भने अर्कोतर्फ गृह प्रशासनको नेतृत्वमा अनुभव हाँसिल गरिसकेका व्यक्तिलाई पुनः जिम्मेवारी सुम्पेर प्रशासनिक निरन्तरता कायम गर्ने प्रयास गरेको देखिएको छ।

सांसद महावीर पुनको मन्त्रालय प्रवेशलाई नवप्रवर्तन र अनुसन्धान क्षेत्रका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ भने सुधन गुरुङको पुनरागमनले गृहप्रशासन र अमनचयनमा सकारात्मक पहल हुने अपेक्षा गरिएपनि उनको निर्दोषीको प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२