कुलमान घिसिङको पक्षमा शान्तिपूर्ण पद यात्रा

Logo
सोहरुची प्रकाशित शनिबार, चैत्र १६, २०८१ समाचार

काठमाडौं / केही दिनअघि सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि चौतर्फी आलोचना र प्रदर्शन भइरहेको छ

केही समयदेखि विश्व शान्तिको लागि पूजा र ध्यान गरिरहेका मनाङ्ग गुम्बाका मानिसहरू पनि कुलमानको पक्षमा शान्तिपूर्ण पदयात्रामा उत्रिएका छन्।

गत शुक्रबार काठमाडौँको स्वयम्भूमा मनाङ समाज , मुस्ताङ समाज र नेस्याङ मनाङ ओमेन सोसाइटीको आयोजनामा एक कार्यक्रम गर्दै कुलमान घिसिङको समर्थनमा शान्ति पदयात्रा गरिएको थियो ।

उक्त कार्यक्रम मनाङ गुम्बा स्वयम्भूबाट पदयात्रा सुरु गरेर स्वयम्भू गुम्बा परिक्रमा गरेर मनाङ गुम्बामा समाप्त भएको थियो भने कार्यक्रममा हिमाली क्षेत्रका हजारौं मानिसहरूको उपस्थिति  देखिन्थ्यो ।

पदयात्रामा कोही घाइते होला भनेर उनीहरुले एम्बुलेन्सको व्यवस्था समेत गरेका थिए।

उनीहरूले कुलमान घिसिङको फोटो र प्लेकार्ड सहितका पदयात्रा गरेका थिए भने कुलमान घिसिङलाई फेरि विद्युत प्राधिकरणमा पुन पदस्थापना गर्नुपर्ने समेत जोड दिएका छन्।

कुलमानले राम्रो काम गरेर जनतालाई उज्यालो दिलायका छन ,अरूको आयो उसले लोडसेडिङ गर्दैन भन्ने हामिलाई बिस्वास छैन, अहिले सान्तिको कामना गर्दै शान्तिपूर्ण र्यालि गरेका छौ  अझै पनि कुलमान पुन नियुक्ति नभए आफुहरू माईतिघर मण्डलामा आन्दोलनमा उत्रने  नेस्याङ  मनाङ वमेन सोसाइटी कि सदस्य बताउनुहुन्छ । भने  उहाकै कुरामा सहमत जनाउदै अहिले आफुहरू बिश्वशान्तिको लागि पुजा गरिरहेको छौ  र कुलमान पुन नियुक्ति हुने हामिले आशा गरेका छौ भन्नुहुन्छ , मनाङ समाजका उपाध्यक्ष ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

soharuchidotcom@gmail.com
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२