संविधान संशोधन एजेन्डामा औपचारिक बहस सुरु, कार्यदल बैठक बस्दै

Logo
सोहरुची प्रकाशित बुधबार, चैत्र २५, २०८२ राजनीति

काठमाडौं — मन्त्रिपरिषद्को मिति २०८२ चैत १६ गतेको निर्णयअनुसार गठन गरिएको “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२” को पहिलो बैठक आज दिउँसो ३:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा बस्दैछ। बैठकले कार्ययोजना, कार्यविधि र बहसपत्र तयारीको रूपरेखा तय गर्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदललाई संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने जिम्मेवारी दिइएको छ। कार्यदलमा राजनीतिक र सरकारी दुवै पक्षका प्रतिनिधिहरू सहभागी छन्।

कार्यदलमा नेपाली काङ्ग्रेसबाट मोहन आचार्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट संविधान सभाका सदस्य डा. भीष्मनाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टी बाट संविधान सभाका सदस्य तथा पूर्व कानुनमन्त्री देव प्रसाद गुरुङ्ग, राष्ट्रिय प्रजातन्त्र पार्टी बाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही तथा राष्ट्रिय जनमोर्चा बाट महासचिव मनोज भट्ट सदस्य छन्।

सरकारी पक्षबाट कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल सदस्य छन्। सदस्य सचिवको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदीले सम्हालेका छन्।

नेपाली काङ्ग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पठाउने प्रतिनिधिबारे आन्तरिक छलफल भइरहेको छ। ती दलहरूले सम्भवतः आजै सदस्यको नाम टुंग्याउने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२