डेढ लाख पुग्यो सुनको मूल्य

Logo
सोहरुची प्रकाशित बुधबार, साउन ०१, २०८१ अर्थ राजनीति समाचार

काठमाडौं। लगातार उकालो लागेको सुनको मूल्यले नेपाली बजारमा एकपछि अर्को नयाँ रेकर्ड बनाइरहेको छ। बुधबार नेपाली बजारमा सुनको मूल्यले करिब डेढ लाख पुगेर नयाँ रेकर्ड कायम गरेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ४९ हजार ८०० रुपैयाँ कायम गर्दै पुनःनयाँ रेकर्ड कायम गरेको छ।

यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४९ हजार १०० रुपैयाँ निर्धारण भएको छ। यसअघि मंगलबार (साउन १ गते) सुनको मुल्यमा रेकर्ड कायम भएको थियो। सो दिन सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४७ हजार १०० रुपैयाँ निर्धारण भएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले त्यसको सीधा प्रभाव नेपाली बजारमा पनि परेको छ।

यता, आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर १८ सय ९५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय ७५ रुपैयाँ कायम रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२