नेपाल प्रहरीका ३३ औं आईजीपी बन्न दानबहादुर कार्कीको बाटो खुल्यो

Logo
सोहरुची प्रकाशित बुधबार, कार्तिक १९, २०८२ समाचार

नेपाल प्रहरीका ३३ औं आईजीपी बन्न दानबहादुर कार्कीको बाटो खुल्यो

काठमाडौँ । नेपाल प्रहरीले नयाँ नेतृत्व पाउन लागेको छ। रोलक्रमअनुसार एआईजी दानबहादुर कार्की नेपाल प्रहरीका ३३औँ महानिरीक्षक (आईजीपी) बन्ने लगभग सुनिश्चित भएको स्रोतले जनाएको छ।

हालका आईजीपी चन्द्रकुबेर खापुङको ३० वर्षे सेवा अवधि कात्तिक २७ गते पूरा हुँदैछ। उनी कात्तिकको अन्तिम देखि बिदामा जाने भएपछि गृहमन्त्रालयको सिफारिस र मन्त्रिपरिषद्को निर्णयमार्फत कार्कीलाई आईजीपी नियुक्त गर्ने तैयारी सरकारमा सुरु भएको छ।

काठमाडौँ उपत्यका प्रहरी कमाण्ड सम्हाल्दै आएका कार्की इमानदार, व्यावसायिक र दूरदर्शी अधिकारीका रूपमा परिचित छन्। जेन–जी आन्दोलनपछि कमजोर बनेको प्रहरी मनोबल उठाउनेदेखि जन–प्रहरी सम्बन्ध मजबुत पार्ने जिम्मेवारी अब यही नेतृत्वमा आउने अपेक्षा गरिएको छ।

भदौ २४ मा जेन–जी आन्दोलन उत्कर्षमा पुगेको संवेदनशील समयमा कार्की काठमाडौं उपत्यका प्रहरी प्रमुखका रूपमा खटिएका थिए। हालै सार्वजनिक डिआइजी बढुवाको नयाँ सिफारिस सूचीले पनि कार्कीको आईजीपी बन्ने मार्ग झनै सहज बनाएको प्रहरी स्रोतको भनाइ छ।

प्रहरी संगठनभित्र कमाण्ड–कन्ट्रोल क्षमता, निर्णय शक्ति र संगठनप्रतिको समर्पणका कारण कार्की उच्च सम्मानित अधिकारी मानिन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२