शंखु, बिगत २५ वषदेखि काभ्रेपलाञ्चोक जिल्लाबाट निरन्तर प्रकाशन भैरहेको नव क्षितिज साप्ताहिकलाई नेपाल डेरी एसोसिएसनले संस्थागत सम्मान गरेको छ । नेपाल डेरी एसोसिएसनको बुधबार रैथाने रिसोर्ट शंखुमा सम्पन्न २८औं वार्षिक साधारण सभा एवं स्थापना दिवस तथा ९ औं केन्द्रीय अधिवेशनको अवसरमा उक्त सम्मान गरिएको हो ।
बागमती प्रदेशका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, उद्योग बाणिज्य संघका केन्द्रिय उपाध्यक्ष सुरकृष्ण बैद्यलगायतले सो सम्मान पत्रिकाका प्रकाशक÷प्रधान सम्पादक नवराज बजगाईलाई प्रदान गरेका हुन । पत्रिकाले नियमित स्तम्भकै रुपमा कृषि डायरी र पशु स्वास्थ्य डायरी प्रकाशनका अलावा यो क्षेत्रका विज्ञहरुको सन्देश, बिचार र जानकारीहरुलाई प्राथमिकताका प्रकाशन गरी दुरदराजसम्म पु¥याउन गरेको योगदानको उच्च सम्मान गर्दै नेपाल डेरी एसोसिएसनको नवौँ राष्ट्रिय महाधिवेशन तथा २७औं वार्षिक साधारण सभाको अवसरमा संस्थागत सम्मान गरिएको हो ।
बिगत २५ वषदेखि काभ्रेपलाञ्चोक जिल्लाबाट निरन्तर प्रकाशन भैरहेको नव क्षितिज साप्ताहिकले यो वर्षभरी रजत वर्षको रुपमा बिभिध कार्यक्रम गरिरहेको छ । २०८२ बैशाख ८ गते धुलिखेल–११ स्थित दूषित थानी रिसोर्टमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवले रजत वर्षको शुभारम्भ गरेका थिए । सो पछि वर्षभर बिभिध सामाजिक गतिबिधि गरिरहेको बेला पत्रिकालाई डेरी एसोसिएसनले गरेको यो संस्थागत सम्मानले थप हौसला मिलेको नव क्षितिज साप्ताहिकका सह–सम्पादक अरबिन्द्र गौतमले बताए । सो अवसरमा पत्रकार महासंघ काभ्रेपलाञ्चोकका पुर्व अध्यक्ष मोतिराम तिमल्सिनालगायत विधिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
सम्मान पत्रमा–“असल शासनका लागि ग्रामिण पत्रकारिताको नारासहित बिगत २५ वषदेखि काभ्रेपलाञ्चोक जिल्लालाई जन्म थलो बनाएर निरन्तर प्रकाशन भै रहेको र प्रेस काउन्सिल नेपालको वर्गीकरणमा निरन्तर “क” वर्गमा वर्गीकृत रहेको नव क्षितिज साप्ताहिक लाखौँ पाठक माझ स्थापित रहेको हामिले महसुुस गरेका छौं । काभ्रे र यस भेगका मात्रै नभई नेपालकै कला, वाङ्मय–साहित्य धार्मिक, साँस्कृतिक र ऐतिहासिक स्थल, सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा ओझेलिएका सम्पदा र महत्वका विषयहरू, अल्पसंख्यक, विपन्न, लोपोन्मुख जातजातिका उत्थान, विकास र प्रवर्धनका खातिर सत्य, तथ्य, निष्पक्ष र वास्तविक समाचार प्रवाहगर्दै समाजमा भए गरेका विकास निर्माणका साथै वास्तविक घटनाक्रमलाई यथार्थमा उतार्दै समाजलाई सु–सन्देश दिने कार्य गरेकोको कार्य सहनिय छ । साथै यो पत्रिकाले नियमित स्तम्भकै रुपमा कृषि डायरी र पशु स्वास्थ्य डायरी प्रकाशनका अलावा यो क्षेत्रका विज्ञहरुको सन्देश, बिचार र जानकारीहरुलाई प्राथमिकताका प्रकाशन गरी दुरदराजसम्म पु¥याउन यसका प्रकाशक÷प्रधान सम्पादक नवराज बजगाई र नव क्षितिज साप्ताहिक प्रकाशन टिमले गरेको योगदानको उच्च सम्मान गर्दै नेपाल डेरी एसोसिएसनको नवौँ राष्ट्रिय महाधिवेशन तथा २७औं वार्षिक साधारण सभाको अवसरमा यो संस्थागत सम्मान अर्पण गर्दछौं ।
यो सम्मान अर्पण गर्न पाउँदा नेपाल डेरी एसोसिएसन परिवारले अत्यन्तै गर्व महसुस गरेको छ । राष्ट्रको समग्र विकाश र कृषि, पशु तथा डेरी क्षेत्रको प्रवर्धनमा अझै निरन्तर यथार्थपरक समाचार सम्प्रेषण गर्दै आवाज बिहिनको आवाज बन्ने शुभकामनाका साथ सम्मानित भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।” भनिएको छ ।
