२६औं वार्षिक साधारण सभा : बनेपा सहकारीले प्रस्तुत गर्‍यो उपलब्धि र आगामी लक्ष्य

Logo
सोहरुची प्रकाशित बुधबार, आश्विन २९, २०८२ अर्थ काभ्रे विशेष

 

काभ्रेपलान्चोक — बनेपा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। सहकारी नियमन प्राधिकरणले तोकेको मापदण्ड अनुसार सम्पन्न साधारण सभामा ९० प्रतिशतभन्दा बढी सदस्यहरूको सहभागिता रहेको थियो।

साधारण सभामा प्रमुख सल्लाहकार तथा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठले सहकारीले समुदायमा गर्नुपर्ने भूमिकाबारे प्रकाश पार्दै सदस्यहरूले संस्थाको नीति, योजना र कार्यप्रणालीमा सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो। उहाँले सहकारीको दीर्घकालीन स्थायित्वका लागि सदस्यहरूको सहभागिता र सुझाव अत्यावश्यक रहेको पनि उल्लेख गर्नुभयो।

संस्थाका अध्यक्ष रहदेव पोटेले सहकारीले एक वर्षको अवधिमा हासिल गरेका उपलब्धिहरू प्रस्तुत गर्दै आगामी योजनाबारे जानकारी गराउनुभयो। उपाध्यक्ष पदमसुन्दर श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव जितेन्द्र नकर्मीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो।

कोषाध्यक्ष सुविन मानन्धरले आर्थिक प्रतिवेदन पेश गर्नुभयो भने लेखा समिति संयोजक जगदिप पलाञ्चोकेले सुझावसहितको लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो। हाल सहकारीमा २४८९ सदस्य रहेका छन् र संस्थाको कुल वासलात करिब २७ करोड रुपैयाँ पुगेको छ।

कार्यक्रममा उत्कृष्ट कर्मचारी रविना प्रधानलाई नगदसहित सम्मान गरिएको थियो। त्यसैगरी उत्कृष्ट ऋण कारोबार गर्ने सदस्य, बचतकर्ताहरू, बाल बचतकर्ता र जेष्ठ नागरिक सदस्यहरूलाई पनि सम्मान गरिएको थियो।

सहकारीले यसअघि असोज २५ गते बेथानचोकमा क्षेत्रीय भेला सम्पन्न गरेको थियो, जसमा सहकारी विस्तार र सदस्य अभिवृद्धिका विषयमा छलफल गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२