शैलुङ्गेश्वरी साकोसको ९ औं वार्षिक साधारणसभा सम्पन्न

Logo
सोहरुची प्रकाशित शनिबार, भाद्र २८, २०८१ अर्थ समाचार

बनेपा – शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औ वार्षिक साधारणसभा शनिबार चौरिदेउराली गाउँपालिका वडा नं. ३ माझिफेदामा सम्पन्न भएको छ ।

शैलुङ्गेश्वरी साकोसको अध्यक्ष बिरबल गौतमको सभापतित्वमा शनिबार सम्पन्न साधारणसभाको प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रे प्रमुख दिपक कुमार गौतमले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रे प्रमुख दिपक कुमार गौतमले सहकारीमार्फत कृषि, उद्यम विकास र रोजगारी सृजनाको क्षेत्रमा धेरै गर्न सक्छौं । उहाँले भन्नुभयो, “सहकारीलाई शुसासन भित्र राखी समुदायस्तरको जनअपेक्षा अनुसार काम गर्नसके सहकारी समाज विकासको प्रमुख आधार बन्दछ ।”

कार्यक्रमको विशिष्ट अतिथि जिल्ला बचत संघ काभ्रेको वरिष्ठ उपाध्यक्ष सागरनाथ कपालीले निति,बिधि र प्रबिधिका साथ सहकारीहरुले काम गरेमा समुदाय नै लाभान्वित हुने भन्दै सहकारीको मर्म,महत्व र उदेश्य बुझेर मात्रै काम गर्न सम्पुर्ण शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो । सहकारी अभियानले ग्रामीण क्षेत्रका जनताको आर्थिक विकासमा उल्लेखनीय भुमिका खेलेको बताउनुभयो ।

संस्थाका सचिव शिब प्रसाद ढुंगेलले साकोसप्रति सदस्यहरूले देखाएको विश्वास र सद्‌भावले गर्दा नै आज संस्था सदस्यहरूको माझमा पहिचान सहितको सहज, सरल र सुरक्षित संस्था भएर आफ्नो विश्वास कायम गर्न सकेको बताए। सहकारी संस्थाको प्रतिवेदन पेश गर्दै छरिएर रहेको पुँजीलाई एकत्रित गर्दै सदस्यहरूलाई उत्पादनशील र व्यवसायिक बनाउन संस्थाले सहयोग गर्दै आएको जिकिर गर्नुभयो ।

सभामा सस्थाको आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिबेदन सचिब शिब प्रसाद ढुंगेलले आर्थिक प्रतिबेदन कोषाध्यक्ष बेद प्रसाद गौतमले लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक बिष्णु प्रसाद सापकोटाले प्रस्तुत गर्नु भएको थियो । बुद्ध हिमालयन माबी विद्यार्थी कल्याण छात्रवृत्ति अक्षकोष ११ हजार एक सय १० रुपैया सहित सम्मान पत्र सहित पुरस्कार प्रदान गरिएको थियो ।

सस्थाको शेयर पुजीं ४ करोड ६९ लाख १६ हजार ३ सय, बचत संकलन ७ करोड ७९ लाख ११ हजार ५ सय, ऋण लगानी १३ करोड ८३ लाख ५२ हजार २ सय ४४ रुपैया, आम्दानी २ करोड ९ लाख ८ हजार, ५ सय ७६ रहेको बताइएको छ। खुद नाफा १ करोड १६ लाख ७ हजार ९ सय ८० रुपैया भएको छ ।

कार्यक्रममा सस्थामा कारोबार गर्ने उत्कृष्ट बाल बचत कर्ता युनिस सुनार, समिक्षा चौलागाईं, उत्कृष्ट कारोबार बचत कर्ता राजु गौतम, रत्न माया चौलागाईं, जेष्ठ नागरिक सम्मान साङ्गे लामा, माइली तामाङ, उत्कृष्ट ऋणी मनोज श्रेष्ठ, लक्ष्मी गौतम लाई सम्मान गरिएको थियो ।

बाल बचत कर्ताहरु मध्य बाट एसईइ २०८० मा उतिर्ण दुई जना गौरव बहादुर गौतम र उत्सव खड्कालाई सम्मान गरिएको थियो । एसईइमा बुद्ध हिमालय बाट प्रथम हुन सफल सौगात चौलागाईं, छात्राहरु मध्य त्यहीँ विद्यालयमा भर्ना भएकि सुजाता तामाङ लाई सम्मान गरिएको छ ।

कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष षडानन्द गौतमले राख्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाको व्यवस्थापक दिपेन्द्र चौलागाईंले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२