बिमाले दियो जीवनलाई भरोसा: अनिता माया तामाङलाई घातक रोग बापत १० लाख भुक्तानी

Logo
सोहरुची प्रकाशित मंगलबार, माघ २०, २०८२ काभ्रे विशेष समाचार

काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका वडा नं. ७ निवासी अनिता माया तामाङले सिटिजन लाइफ इन्स्योरेन्समार्फत गरेको घातक रोग बिमा दाबी भुक्तानी प्राप्त गर्नुभएको छ। तामाङले २० लाख रुपैयाँ बराबरको जीवन बिमा गराएकी थिइन्, जसअनुसार घातक रोग सुविधाबापत ५० प्रतिशत रकम दाबी गरिएको हो।

किड्नी फेल (मिर्गौला फेल) जस्तो गम्भीर रोगबाट पीडित तामाङलाई १० लाख बाट कर कट्टा गरि बिमा रकम प्रदान गरिएको सिटिजन लाइफ इन्स्योरेन्सले जनाएको छ।

बिमा रकम प्राप्त गरेपछि तामाङले सिटिजन लाइफ इन्स्योरेन्सप्रति आभार व्यक्त गर्दै भन्नुभयो,
“जीवनमा यस्तो कठिन समय आउँदा बिमा ठूलो सहारा बन्यो। सिटिजन लाइफ र यसका प्रतिनिधिहरूले समयमा सहयोग गरेर मलाई हौसला दिनुभयो, जसका लागि म हार्दिक धन्यवाद दिन चाहन्छु।”

सिटिजन लाइफ इन्स्योरेन्स बनेपा शाखाकी शाखा प्रबन्धक सबिता मानन्धरले जीवन बिमा गर्नु भविष्य सुरक्षाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै भन्नुभयो, “बिमा केवल बचत मात्र होइन, जोखिमको समयमा परिवार र व्यक्तिका लागि बलियो आर्थिक आधार हो। त्यसैले सबै नागरिकले आफ्नो क्षमताअनुसार जीवन बिमा गर्न आवश्यक छ।”

बिमा दाबी प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्नुभएका सिटिजन लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर अशोक बुद्ध लामाले इन्स्योरेन्सप्रतिको विश्वास र चेतनाको आवश्यकता औंल्याउँदै भन्नुभयो, “इन्स्योरेन्स भनेको पैसा बचत गर्ने माध्यम मात्र होइन, दुःखको समयमा आशाको आधार हो। सही समयमा सही बिमा गरियो भने जीवनका ठूला जोखिमहरू सहजै सामना गर्न सकिन्छ।”

लामाले विशेषगरी काभ्रे जिल्लामा लाइफ इन्स्योरेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसक्नु भएको छ। इन्स्योरेन्स क्षेत्रमा परिचित, सक्रिय र भरोसायोग्य व्यक्तित्वका रूपमा चिनिनुहुने उहाँलाई सिटिजन लाइफ इन्स्योरेन्सका लागि सदैव आवश्यक र समर्पित व्यक्तिका रूपमा लिइन्छ।

यस किसिमका बिमा दाबी भुक्तानी कार्यक्रमले जीवन बिमाप्रति आम नागरिकको विश्वास अझै मजबुत बनाउँदै लगेको सरोकारवालाहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२