क्षतिग्रस्त जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकलाई बिबिसी क्लबको राहत सहयोग

Logo
सोहरुची प्रकाशित बिहिबार, आश्विन ०२, २०८२ समाचार

काभ्रेपलाञ्चोक / स्थापना भएदेखि नै विभिन्न क्षेत्रमा निरन्तर सेवा र सहयोग गर्दै आएको बीबीसी क्लब बनेपाले सामाजिक उत्तरदायित्व अन्तर्गत जेन जी आन्दोलनको क्रममा क्षतिग्रस्त बनेको बनेपास्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई  विभिन्न आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

गत भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्ण रूपमा ध्वस्त बनेपछि दैनिक सेवाप्रवाहमा समस्या हुँदै आएको थियो। प्रहरीको कार्यसञ्चालन सहज बनाउन र वर्तमान अवस्थालाई सामान्यतर्फ लैजान क्लबले १८० लिटर क्षमताको ओलिभ फ्रिज (१ थान), डीएचआई वाटर डिस्पेन्सर (१ थान), बाल्ट्रा ग्यास चुल्हो (१ थान), साङ्गो स्ट्यान्ड फ्यान (१ थान) र इलेक्ट्रिक केतली (१ थान) हस्तान्तरण गरेको हो।

सहयोग सामग्री हस्तान्तरण गर्दै क्लबका अध्यक्ष महेश कुमार कर्माचार्यले आन्दोलनपछि पनि मनोबल उच्च राख्दै जनताको सेवामा फर्किन थालेको ट्राफिक कार्यालयलाई आवश्यक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे।

सामग्री ग्रहण गर्दै जिल्ला ट्राफिक प्रहरी प्रमुख सुनिल धाँजुले प्रहरी समाजको एक अभिन्न हिस्सा भएको बताउँदै, बीबीसी क्लबले गरेको सहयोग सानो देखिए पनि यसले प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ मजबुत बनाउने र सामाजिक दृष्टिले उदाहरणीय बन्ने टिप्पणी गरे।

क्लबका अध्यक्ष कर्माचार्यका अनुसार बीबीसी क्लबले यसअघि पनि भूकम्प, कोरोना महामारी जस्ता विपद्को समयमा सहयोग पुर्‍याउँदै आएको छ। क्लबले संकटका बेला नागरिकलाई सहयोग, खाना वितरणदेखि खेलकुद क्षेत्रमा समेत महत्वपूर्ण योगदान गर्दै आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२