काभ्रेपलान्चोक / नव प्रतिभा वि.सं. २०४९-५० सालबाट ग्रामिण भेग चण्डेनी मण्डनमा संचालित विद्यालय हो । पछि वि.सं. २०५९ सालमा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएर संचालित हुँदै आएको मण्डनदेउपुर भेगको एक ऐतिहासिक र पूरानो विद्यालय हो । अविरल बग्दछ इन्द्रावतीका आदरणीय साहित्यिक व्यक्तित्व स्व. रमेश विकल र उहाँको केहि पारिवारिक व्यक्तित्वहरुले खास गरी बोडगाउँ र आँपचौरका माझी समुदायका बाल बलिकाहरुलाई गाउँमै सर्वसुलभ ढंगले अंग्रेजी माध्यमको शिक्षा दिलाउने गरी स्थापना भएको विद्यालय हो ।
त्यहि विद्यालयको एल्.के.जी.देखि कक्षा २ सम्म अध्ययन गरेकी विद्यार्थीको नाम हो–प्रतिभा पराजुली । सानै उमेरमा अरुभन्दा फरक स्वभावकी देखिने उनीलाई हुने विरुवाको चिल्लो पातको रुपमा पाउने गरेको विद्यालयका तत्कालिन प्रिन्सिपल दामोदर नेपाल बताउँछन् । सानैदेखि जिज्ञासु र दृढ संकल्पकी धनी प्रतिभा एक असल र मेहनती विद्यार्थी थिइन । सरहरुले दिएको गृहकार्य राम्ररी गर्ने र कक्षा कोठामा पढाइ भइरहँदा ध्यापूर्वक सुन्ने उनको निकै राम्रो बानी भएको शिक्षक महेन्द्र नेपाल बताउँछन् ।
पशुपति क्षेत्र, वनकाली काठमाडौंमा यतिबेला पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ जारी छ । जोे साउन महिनाभरी चल्र्दै छ । मानव सेवा फाउण्डेसन नेपाललगायतका संस्थाहरुले आयोजना गरेको कोटीहोम महात्म्य तथा महायज्ञ साउन १ गतेबाट सुरु भएको हो । कोटीहोम महायज्ञ आगामी साउन ३२ गतेसम्म जारी रहने बताइएको छ ।
कोटीहोम महा यज्ञमा नेपालका साथै विदेशमा समेत ख्यातीप्राप्त विभिन्न कथावाचकहरुले प्रवचन दिइरहेका छन् । जसमा पं. दीनबन्धु पोखरेल, राधिका दाशी र देवी प्रतिभा रहेका छन् । नेपाली मात्र नभएर हिन्दी भाषाको समेत सुमधुर स्वरकी धनी वाचिका प्रतिभाले १ गतेदेखि ११ गतेसम्म प्रवचन दिएकि थिइन । काभ्रे जिल्लामा जन्मिएर छोटो समयमै भारतका विभिन्न प्रान्तहरुमा करिब एक दशकदेखि आध्यात्मिक प्रवचन दिइरहेकी उनी प्रतिभा पराजुली अर्थात् देवी प्रतिभा नामले कहलिएकी छिन् ।