क्रोएसियामा भव्यतापूर्वक मनाइयो किराँतीहरुको उभौली पर्व र यलेदोङ ५०८५

Logo
सोहरुची प्रकाशित बुधबार, जेठ १४, २०८२ समाचार

जाग्रेब । सम्पूर्ण किराँतीहरु एक हौ, आफ्नो भाषा, धर्म र संस्कृतिको संरक्षण–प्रवर्द्धन गरौं” भन्ने मूल नारासहित किराँत राई यायोक्खा, क्रोएसियाको आयोजनामा किराँतीहरुको महान चाड उभौली पर्व तथा नयाँ वर्ष (यलेदोङ) ५०८५ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम २०२५ मे २५ तारिख आइतबार, को दिन जाग्रेबस्थित रितम ग्रेड क्याफे बार (Ritam Grada Café Bar) मा भव्यताका साथ सम्पन्न भएको हो ।

किराँती राइ समुदायका लागि विशेष महत्व राख्ने उभौली पर्व प्रकृति पुजक संस्कृतिसँग जोडिएको चाड हो। प्रत्येक वर्ष वैशाख पूर्णिमाका दिन मनाइने यस पर्वमा अन्नबाली सप्रियोस्, राम्रो उत्पादन होस्, पृथ्वीमा कतै खाद्यान्नको अभाव नहोस् भन्ने कामना गरिन्छ। प्राकृतिक पुजक मानिने किराँतीहरूले सिली थान बनाई पूजा गरेपछि प्रमुख अतिथि तथा अन्य अतिथिहरूलाई बाजागाजासहित स्वागत गरिएको थियो। प्रमुख अतिथिबाट सिली थानमा धूप चढाइएपछि ढोल बजाएर कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो।

एनआरएनए क्रोएसियाका अध्यक्ष सुर्यबहादुर थिङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका अतिथि एनआरएन क्रोएसियाका वरिष्ठ उपाध्यक्ष हर्क साहु, एनआरएन क्रोएसियाका महिला उपाध्यक्ष रञ्जना चौहान, तामाङ समाज क्रोएसियाका अध्यक्ष प्रकाशचन्द्र तामाङ, शेर्पा किदुङ क्रोएसियाका अध्यक्ष निमा रिचेन शेर्पा, एभरेस्ट मार्टका सञ्चालक अश्मित बस्नेत, पोइड हबका सञ्चालक गगन तामाङ लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै किराँत राई समाज, क्रोएसियाका अध्यक्ष अशोक राईले किराँती समुदायको मौलिक चाड साकेला (उभौली) यसपटक क्रोएसियामा पहिलोपटक यति भव्य रुपमा मनाउन पाउनु गौरवको विषय भएको बताउँदै सबैमा नयाँ वर्ष ५०८५ को शुभकामना व्यक्त गरे। उनले प्रकृतिप्रति श्रद्धा, सामाजिक एकता र सांस्कृतिक पहिचानको संरक्षणमा सबै किराँतीहरु एकजुट हुनुपर्नेमा पनि जोड दिए।

कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति मार्फत नेपालका विभिन्न समुदायहरुको कला र संस्कृति प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रतिमा राई, रिना राई र सुम्निमा राईको समूहले “तान बुन्ने तायामा” बोलको गीतमा नृत्य प्रस्तुत गरे। हाङ्मा राईले “यसपालिको साकेलामा” बोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गरिन्।

सांगीतिक प्रस्तुति अन्तर्गत आर्यन घर्ति मगरले “एसो हेरे पूर्व तिर”, सुमन बिष्टले “रितुहरुमा तिमी” र बुद्ध लामाले “साइला म चारघरे, माया नमारे” गीतहरू गाएर दर्शकहरूलाई मन्त्रमुग्ध बनाए। त्यस्तै गगन तामाङ र दिब्या राईले जनम जनम बोलको गीत गाएर मनोरञ्जन प्रदान गरे । साथै शेर्पा, तामाङ र गुरुङ समुदायबाट समेत विविध नृत्य प्रस्तुति गरिएको थियो।

कार्यक्रममा किराँत राई यायोक्खा क्रोएसियाद्वारा आयोजित अनलाइन साकेला नृत्य प्रतियोगितामा २०८२ मा प्रथम स्थान हाँसिल गर्न सफल लिजा राई, द्वितिय किसु राई, तृतीय कन्चन राई र सान्त्वना स्थान हाँसिल गर्न सफल मनिता राईलाई सम्मानित गरिएको थियो ।

कार्यक्रमको सञ्चालन किराँत राई यायोक्खा क्रोएसियाका उपाध्यक्ष सुमन हाङ राईले गरेका थिए भने स्वागत मन्तब्य सचिव रबिन राईले व्यक्त गरेका थिए।

समापनमा आयोजक संस्थाले सबै सहभागी, कलाकार तथा दर्शकहरूलाई धन्यवाद दिँदै किराँती भाषा, धर्म, र संस्कृतिको संरक्षण–प्रवर्द्धनमा अझ सशक्त भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको थियो। यस्तो कार्यक्रमले प्रवासमा रहेका नेपालीहरुलाई सांस्कृतिक पहिचानसँग जोडिराख्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। कार्यक्रममा किराँती समुदायका साथै अन्य नेपाली समुदायका दाजुभाइ– दिदीबहिनीहरुको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२