असोजमा आएको अविरल वर्षाले देशभर गरेको जनधन क्षतिको राहत वितरणमा सरकारलाई सहयोग पु¥याउन नेपाल आयल निगम लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ योगदान गरेको छ ।
आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले सञ्चालक समितिको बैठकबाट निर्णय गराई बाढीपीडितको राहत वितरणका लागि तीन करोड सहयोग गर्ने निर्णय भएबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीलाई रकम हस्तान्तरण गरेको जानकारी दिए ।
‘बाढीले जनधनमा ठूलो क्षति गरेको हामी सबैले बुझेकै कुरा हो । यति ठूलो क्षति न्यूनीकरणका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको शीर्षकबाट सहयोग गर्ने निर्णय भएबमोजिम रकम हस्तान्तरण गरेका छौँ,’ उनले भने