गोदावरी नगरपालिकाका मेयरसहित १४ जनाले पाए सफाइ

Logo
सोहरुची प्रकाशित बिहिबार, साउन ३०, २०८१ अर्थ समाचार सुरक्षा र अपराध

ललितपुर /  विषेश अदालतले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनालाई भ्रष्टाचार मुद्दाबाट सफाइ दिएको छ।

दुई महिनाअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरू विरूद्ध लगाएको भ्रष्टाचार मुद्दाबाट विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुवँर, सदस्य न्यायाधीशहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सफाइ दिएको हो।

प्रदेश कानुनले तोकेभन्दा कम राजस्व लिने गरी नगरपालिकाले कानुन बनाएको दाबी गर्दै अख्तियारले उनीहरू विरूद्ध भ्रष्टाचार मुद्दा लगाएको थियो।

गोदावरीको ढुं‌गा-गिटी बिक्री वितरण गर्दा सरकारी दररेट भन्दा कम गरी सरकारलाई एक अर्ब ४ करोड ८७ लाख ४५ हजार रूपैयाँ हानिनोक्सानी पुर्‍याएको भन्ने अख्तियारको दाबी थियो।

अदालतले भने मेयर, उपमेयर, प्रशासकीय अधिकृत लगायतले कानुन अनुसार नै राजस्व उठाएको देखिएको भन्दै अख्तियारको दाबी नपुग्ने फैसला गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२