चण्डेश्वरी सृष्टिकान्त बनेपामा बृहत् शैक्षिक प्रदर्शनी सम्पन्न

Logo
सोहरुची प्रकाशित शुक्रबार, पुष २५, २०८२ काभ्रे विशेष समाचार

नाला –  बनेपा नगरपालिका वडा नम्बर ४ स्थित चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालय नालामा बृहत् शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ। विद्यालयद्वारा आयोजना गरिएको प्रदर्शनी २०८२ पौष २५ गते (January 9, 2026) मा सम्पन्न भएको हो।

ISO 21001 EOMS प्रमाणित यस विद्यालयले विद्यार्थीहरूको सिर्जनशीलता, अनुसन्धान क्षमता र व्यवहारिक ज्ञानलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरेको जनाएको छ। प्रदर्शनीमा विज्ञान, प्रविधि, कला, भाषा तथा नवप्रवर्तनसम्बन्धी विविध शैक्षिक सामग्रीहरू प्रस्तुत गरिएको थियो।

कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल,  अभिभावक, शिक्षक, विद्यार्थी तथा शिक्षा क्षेत्रमा सरोकार राख्ने व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। जिल्लास्थित विभिन्न विद्यालयबाट सहभागि विद्यार्थीहरूले शैक्षिक प्रदर्शनीको अनुगमन गरेका थिए । सहभागीहरूले विद्यालयको शैक्षिक गुणस्तर र प्रयोगात्मक शिक्षाप्रतिको प्रतिबद्धताको प्रशंसा गरेका छन्।

यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई बौद्धिक, अनुसन्धानमुखी र व्यावहारिक बनाउन प्रेरित गर्ने सहभागीहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२