काभ्रे । जिल्ला भरीका सहकारीको छाता संस्था जिल्ला सहकारी संघको अध्यक्षमा अमन पोटे श्रेष्ठ विजयी भएका छन् । बुधबार भएको निर्वाचनबाट श्रेष्ठ अध्यक्षमा विजयी भए । उनले राजन शाक्यलाई पराजित गरेका हुन् ।
उपाध्यक्षमा शान्ति लामा, मिरा सत्याल, सचिवमा प्रकाश बञ्जारा र कोषाध्यक्षमा अर्जुनप्रसाद सापकोटा निर्वाचित भए । कार्य समितिमा पुर्णसागर रंजित, मोहनकुमार श्रेष्ठ, अम्बिका तिमल्सिना, जगन्नाथ श्रेष्ठ र रोशनकुमार श्रेष्ठले बिजयी हासिल गरे । सदस्यमा सुर्दशन अधिकारी र बलराम मानन्धरको १५४ मत बराबर भएपछि गोलाप्रथाबाट छनौट गर्दा अधिकारी विजयी भएका हुन् ।
लेखा समितिको संयोजकमा डिल्ली आचार्य विजयी भएका छन् । सदस्यमा पवनराज कर्णजित र सदस्यमा देवकी दाहाल तिमल्सिना निर्विरोध निर्वाचित भईन । संघको कार्यकाल चार बर्षको हुनेछ । निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एस सहित दलको समिकरण बनेको थियो ।
एमाले निकट सहकारीकर्मी एक्लै निर्वाचनमा होमिएका थिए । पदाधिकारीमा सचिव कार्यसमितिमा एक जना एमाले निकटले विजयी हुँदा बाँकी सबै पदमा गठबन्धन निकटले विजयी हासिल गरेका छन् ।