

काठमाडौं । नेपाली कथानक छोटो चलचित्र ‘प्लुटो’ को ट्रेलर सार्वजनिक भएको छ। यो चलचित्रलाई प्रशान्त लामिछाने र विनोद शाहीले संयुक्त रूपमा निर्माण गरेका हुन्।
निर्देशक लामिछानेका अनुसार ‘प्लुटो’ उनको निर्देशनमा बनेको पहिलो एक्सन थ्रिलर चलचित्र हो, जसले नेपाली चलचित्र उद्योगमा नयाँ ऊर्जा र दृष्टिकोण ल्याउने लक्ष्य लिएको छ। चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै उनले नेपाली एक्सन र थ्रिलर विधामा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
चलचित्रको सह–निर्देशन सौगात नेपालले गरेका छन् भने सहायक निर्देशक उज्वल भट्टराई हुन्। छायांकन अविरल मुडभरिले गरेका छन्। भिएफएक्सको जिम्मेवारी अभिनास मान नापितले सम्हालेका छन्। सम्पादनमा पनि सौगात नेपालले योगदान दिएका छन्।
चलचित्रमा अभिनाश सिंह, प्राशन चम्लागाईं, कृतिशा दिव्यानी श्रेष्ठ, सनिम बान्तावा राई, सौगात नेपाल, रोशन पौडेल, पङ्कज सार्की, रमन कुश्वाहा, सौभाग्य थापा, अस्मिता मगर, आशिष घिमिरे, सौरभ रेग्मी, मिचेल महत, अमन बडु, उज्वल भट्टराई र सुरज आचार्यलगायतका कलाकारहरूको अभिनय रहेको छ।
१७ मिनेटको यो छोटो चलचित्रले कथा, द्वन्द्व, रहस्य, तनाव र रोमाञ्चको समायोजन प्रस्तुत गर्ने दाबी गरिएको छ। सानो टिम र सीमित बजेटमा निर्माण गरिएको ‘प्लुटो’ ले नेपाली एक्सन चलचित्रको क्षेत्रमा कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ।
चलचित्रको छायांकन काठमाडौंको ओस्कार कलेजको सेट, गौशालास्थित वेधा रेस्टुरेन्ट फुड कोर्ट एण्ड बारलगायत स्थानहरूमा गरिएको हो।
निर्देशक लामिछानेका अनुसार दर्शकको साथ र समर्थनले टिमलाई आगामी दिनमा अझ स्तरीय, मनोरञ्जनात्मक र गुणस्तरीय चलचित्र निर्माणतर्फ अघि बढ्न प्रेरणा मिल्नेछ।
ट्रेलर हेर्नका लागि