

काभ्रेपलाञ्चोक / नेपाली काङ्ग्रेस काभ्रेका नेता तथा केन्द्रिय सदस्य शिव प्रसाद हुमगाईले आज परेको आफ्नो जन्मदिनको अबसरमा शुभकामना दिन आउनुभएका नेता कार्यकर्ता र शुभचिन्तकहरूलाई भेटि देश मनसुन बाढि पहिरो बाट प्रबाभित भएको कारण आफु दुखि रहको र सबै ठाँउमा आफुले सकेको सहयोग गर्न अपिल गर्नुभएको छ ।
हुमगाईले केहि महिना अगी मात्र आफ्नो आमाको निधन भएको कारण कुनै पनि सुखदका कार्यक्रमहरूमा आफु सहभागिता हुन नसक्ने पनि जानकारी गराउदै , उहाँले कहिल्यै काभ्रेका किसानले मल नपाएको कुरा केन्द्रमा राख्दै बाढिले बिगारेको राजमार्गहरू छिटो बनाउन आफुले पहल गरिरहेको पनि बताउनु भयो ।
हुमगाईको जम्मदिन बिसेष
मनाउन नमिलेपनि आफ्ना नेता कार्यकर्ता र शुभचिन्तकहरू जम्मा भएर शुभकामना दिदा आफुलाई थप जिवनमा उर्जा मिलेसंगै अब आउने दिनहरूमा नेपाली काङ्ग्रेस लाई एकजुट बनाई झन ससक्त भई राजनैतिक तथा जनताको पिडाका कुराहरूलाई खरो रूपमा उतार्ने बताउनुभयो ।
हुमगाईले भन्नुभयो म किसानको छोरा हुँ म किसानको भलाई चाहान्छु , र म किसान र काभ्रेका जनताको साथमा रहन पाउदा खुसि हुन्छु , म अहिले पनि सार्वजनिक यातायात चडेर हिड्छु त्याहाँ बिभिन्न मानिसहरू संग घुलमेल गर्दै कुरा गर्न पाउदा म जनता संगै छु भन्ने आभाष हुन्छ ।
नेता हुमगाई आज बाट ६३ बर्ष लाग्नुभयको छ ।