एसिसी यू–१६ इस्ट जोन कप, नेपाल र सिंगापुर भिड्दै

Logo
सोहरुची प्रकाशित आइतबार, आषाढ ०८, २०८२ खेलकुद रिपोर्टिङ / धनेन्द्र तिमल्सिना

सन् २०२३ मा भएको पछिल्लो संस्करणको फाइनलमा मलेसियालाई पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो । नेपाल लगातार उपाधि जित्ने योजनामा छ । 

उपाधि रक्षा गर्ने योजनासहित मलेसिया पुगेको नेपालको युवा टोलीले एसिसी यू–१६ इस्ट जोन कपको पहिलो खेलमा आज सिंगापुरसँग खेल्दै छ । खेल मलेसियाको बांगीस्थित वाइएसडी युकेएम ओभर मैदानमा हुनेछ । नेपाल सिंगापुरभन्दा तुलनात्मक रूपमा बलियो छ । नेपालका कप्तान विपिन शर्माले खेल जित्न खेल्ने बताए । उनले ब्याटिङ र बलिङ नै उत्कृष्ट हुने दाबी गरेका छन् । ‘हाम्रा खेलाडी सिंगापुरविरुद्ध खेल्न तयार छन् । हाम्रो ब्याटिङ र बलिङ नै राम्रो छ । तर, संयमित भएर खेल्छौँ ।’ 

प्रतियोगितामा सहभागी हुन नेपाली टिम शुक्रबार मात्रै त्यसतर्फ प्रस्थान गरेको थियो । कर्णाली याक्सबाट चर्चित बनेको स्पिनर विपिनले १० टोली सहभागी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन हुने दाबी गरेका छन् । 

सन् २०२३ मा भएको पछिल्लो संस्करणको फाइनलमा मलेसियालाई पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो । नेपाल लगातार उपाधि जोगाउन योजनामा छ । प्रतियोगितामा नेपाल र सिंगापुरसँगै भुटान, इन्डोनेसिया, जापान, हङकङ, माल्दिभ्स, म्यानमार, सिंगापुर र थाइल्यान्डले सहभागिता जनाएका छन् । समूह ‘ए’मा रहेको नेपालले दोस्रो खेल जुन २४ मा जापानसँग खेल्नेछ । २९ जुनमा इन्डोनेसिया, जुलाई १ मा भुटानको सामना गर्नेछ । हरेक समूहका शीर्ष दुई टोलीले सीधै सेमिफाइनलमा स्थान बनाउने एसिसीले जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२