

भुम्देउ / बेथानचोक गाउँपालिका वडा नं ६ भुग्देउस्थित दर्केखोलामा यात्रुबहाक बस दुर्घटनामा एकै परिवारका ३ जना परेका छन् ।
सासु ६० बर्षीय कृष्णकुमारी तिमिल्सनाको घटनास्थलमा नै मृत्यु भएको छ भने उनकी बुहारी संगिता आचार्य तिमल्सिना र नातिनी १ बर्षीय संगम घाइते छन् ।
पनौतीबाट भुग्देउ जाँदै गरेको बा. ३ ख. ४४३५ नम्बरको बस दर्केखोलामा दुर्घटना भएको थियो । संगिताको गोडामा र संगमको टाउकोमा चोट लागेको छ । बसका चालक पनि घाइते छन् । बसमा ५ जना यात्रु थिए ।
घाइतेलाई स्थानीय पाँगु भुग्देउ स्वास्थ्यचौकीमा उपचार गरिएको वडा अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिनुभयो ।