दक्षिण एसियाली सहकार्य र वातावरण संरक्षणबारे मन्त्री चौधरी र SACEP महानिर्देशकबीच छलफल

Logo
सोहरुची प्रकाशित बिहिबार, जेठ २८, २०८३ समाचार

काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीसँग दक्षिण एसियाली सहकारी वातावरण कार्यक्रम (SACEP) का महानिर्देशक नर्बु वाङचुकले बुधबार मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ।

भेटका क्रममा दक्षिण एसियाली क्षेत्रीय सहकार्य, वायु प्रदूषण नियन्त्रण तथा प्लास्टिक फोहोर व्यवस्थापनका क्षेत्रमा भइरहेका पहलहरूलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ। विशेषगरी नेपालमा प्लास्टिक प्रदूषण न्यूनीकरण र फोहोरको दीर्घकालीन व्यवस्थापन प्रणाली सुधारका उपायहरूबारे उच्चस्तरीय विचार–विमर्श गरिएको थियो।

छलफलका क्रममा महानिर्देशक वाङचुकले प्लास्टिक फोहोर व्यवस्थापन, वायु गुणस्तर सुधार तथा जलवायु परिवर्तन न्यूनीकरणका लागि नयाँ परियोजनाहरू अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले वातावरणीय चुनौतीहरू समाधान गर्न क्षेत्रीय स्तरमा साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो।

वाङचुकले सीमापार (ट्रान्सबाउन्ड्री) वायु प्रदूषण तथा नदी प्रणालीमा हुने प्रदूषण नियन्त्रणका लागि दक्षिण एसियाली राष्ट्रहरूबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। भुटान र नेपालजस्ता साना राष्ट्रहरूले क्षेत्रीय संगठनमार्फत आफ्ना सरोकारका विषयहरू ठूला राष्ट्रहरूसमक्ष प्रभावकारी रूपमा उठाउन सक्ने भएकाले क्षेत्रीय बैठक आयोजना गर्न पहल गर्न मन्त्री चौधरीलाई अनुरोध गर्नुभयो।

त्यसैगरी, आगामी जुलाई ८ र ९ मा माल्दिभ्समा आयोजना हुने माले डिक्लरेशन पुनरुत्थानसम्बन्धी बैठकमा आगामी पाँच वर्षका लागि वायु गुणस्तर सुधारसम्बन्धी कार्ययोजना तयार गरिने जानकारी दिँदै वाङचुकले उक्त कार्यक्रममा नेपालको सक्रिय सहभागिताका लागि आग्रह गर्नुभएको छ।

#Nepal #Environment #SACEP #GitaChaudhary #NorbuWangchuk #AirPollution #PlasticPollution #WasteManagement #ClimateChange #SouthAsia #RegionalCooperation #EnvironmentalProtection #MaleDeclaration #Kathmandu #NepalNews

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२