खेल पर्यटनमा नमोबुद्ध अगाडी

Logo
सोहरुची प्रकाशित बिहिबार, माघ १५, २०८२ काभ्रे विशेष समाचार

खेल पर्यटनमा नमोबुद्ध अगाडी, एक सातासम्म सेभेन ए साईडको रौनक
नमोबुद्धमा काखमा खेल पर्यटन मार्फत समृद्धिको सपना पुरा गर्ने उदेश्यले सेभेन ए साईड फुटवल प्रतियोगिताको सुभारम्भ गरिएको छ । सोनाम ल्होसारको अवसरमा काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा जिल्लाकै प्रतिष्ठित सेभेन ए साईड फुटबल प्रतियोगिताको विधिवत उद्घाटन गरिएको हो ।
आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनका उम्मेदवारको उपस्थितीमा प्रतियोगिताको उद्घाटन गरिएको हो । प्रतियोगितामा २० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटनको प्रमुख अतिथी नमोबुद्ध नगरपालिका वडा नं १ का अध्यक्ष प्रेम लामा रहनु भएको थियो । उहाँ आफै खटेर सो प्रतियोगिताको लागि व्यवस्थापन गरिरहनु भएको छ । उहाँले खेल मार्फत पर्यटन, युवाको एकता कायम राख्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रथम पुरस्कार एक लाख ५ हजार पुरस्कार राशीको भएकाले काठमाडौदेखिका टिम प्रतियोगितामा सहभागि भएका छन् । आज सुरु भएको प्रतियोगिता आगामी २० गतेसम्म संचालन हुनेछ । क्लबका अध्यक्ष उत्तरध्वज तामाङले प्रतियोगिताका लागि सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले स्थानीय तह, समाजसेवी खेलप्रेमीको सहयोगमा प्रतियोगिता संचालन गरिएको र यो दोश्रो संस्करण भएको बताउनुभयो । उहाँ उद्घाटन कार्यक्रमको सभापति हुनुहुन्थ्यो । प्रतियोगितामा दोश्रो पुरस्कार ५५ हजार रुपियाँ रहेको छ । क्लबका सचिव गणेश लामाले संचालन गरेको कार्यक्रममा स्थानीय खेलप्रेमीको उल्लेख सहभासगता रहेको थियो । प्रतियोगितामा राष्ट्रिय खेलाडीका क्लब, विभागिय टोलिका खेलाडीहरु सहभागि छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा धुलिखेल–११ ले आयोजक मानेगाउँ नमोबुद्ध फुटवल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्याे । प्रतियोगितामा अजित तामाङ घोषित भए । उनले जर्सी पाए ।
त्यस्तै दोश्रो खेलमा मण्डनदेउपुर नगरपालिका हल्देछापले नमोबुद्धकै बिकेएचवाईएसलाई ८–० को फराकिलो गोल अन्तरले पराजित गर्याे । खेलको म्याा अफ दी म्याच मण्डनदेउपुरका सन्देश लिम्बु छानिए । प्रतियोगितले युवाबीच एकता, भातृत्व कायम गर्ने र अनुशासन सिकाउने विश्वास आयोजकले लिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२