भ्रष्टाचार बिरूद्द Gen z ले बृहत् प्रदर्शक गर्ने

Logo
सोहरुची प्रकाशित आइतबार, भाद्र २२, २०८२ समाचार

काठमाडौं : इन्डोनेशियाबाट फिलिपिन्स हुँदै नेपाल भित्रिएको ‘नेपो बेबी’ अभियानमा संलग्न युवा समूहले भदौ २३ मा प्रदर्शनको आह्वान गरेका छन्।

इन्स्टाग्राम र टिकटकबाट व्यक्तिगत रूपमा अघि बढिरहेको यो अभियानका समर्थकहरूले राजनीतिक पदमा रहेका व्यक्तिहरूको सन्तानको महँगो जीवनशैली सार्वजनिक गर्दै आएका छन्।

प्रमुख नेताको छोराछोरीको महँगो शौकन लगायतका तस्वीर र भिडियो सार्वजनिक गरेर यसको स्रोतबारे प्रश्न गरिरहेका छन्।

आफूलाई जेनेरेसन-जेड (Gen Z) पुस्ताको सदस्य दाबी गरिरहेका युवाहरूले सामाजिक सञ्जालमा नेता, सरकारी कर्मचारी, न्याय क्षेत्रका व्यक्तिहरूको सन्तानले अपनाएको जीवनशैलीका तस्वीर र भिडियो सार्वजनिक गरिरहेका छन्।

उनीहरूले सोमबार बिहान ९ बजे नयाँ बानेश्वरमा संसद भवन अगाडि भ्रष्टाचार विरुद्ध प्रदर्शनको आह्वान गर्दै सामाजिक सञ्जालमा सामग्री राखेका छन्। उनीहरूले १नागरिकले_तिरेको_करको_दुरुपयोग_गरी २आफ्ना_सन्तानलाई_सम्पन्न_जीवनशैली_अपनाएर_खर्च गर्न दिएको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्।

यो समूहको नेतृत्व कसले गरेको हो भन्ने खुलेको छैन। यस अभियानलाई समर्थन गर्दै भिडियो बनाउनेहरूमा अधिकांश युवा पुस्ता देखिन्छन्।

सामाजिक सञ्जालमा भिडियो राखी लाइक र कमेन्ट गर्दा मात्र परिवर्तन नआउने भन्दै उनीहरूले आन्दोलनमा सहभागी हुन अनुरोध गरिरहेका छन्।

के हो ‘नेपो बेबी’ अभियान?

‘नेपो बेबी’ भन्नाले त्यस्ता बच्चाहरुलाई जनाइन्छ जसले आफ्ना परिवार वा शक्तिशाली नातागोताका कारण अवसर, सम्पत्ति वा पद पाउँछन्।

योग्यता वा क्षमताभन्दा बढी नातावादका कारण सफल हुनेहरुलाई व्यङ्ग्यात्मक रूपमा यो शब्द प्रयोग हुन्छ। विश्वभर चर्चित यो शब्द अहिले विशेषगरी फिलिपिन्स र इन्डोनेसियामा फैलिएको छ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो (जोकवी) का छोरा गिब्रान राखाबुमिङ राका उपराष्ट्रपति पदका उम्मेदवार बनेपछि ठूलो विवाद उठेको छ। योगदान र अनुभव नभए पनि शक्तिको आधारमा उदाउने पुस्तालाई संकेत गर्दै ‘नेपो बेबी’ को उपमा दिँदै विरोध सुरु भएको थियो।

राजनीतिमा फैलिएको नेपोटिज्म वा परिवारवादको विरोधमा सुरु भएको आन्दोलन रेडिट, टिकटक र इन्स्टाग्राम हुँदै फैलियो र अन्य नेताका सन्तानको जीवनशैली एक्सपोज गर्न केन्द्रित भयो। इन्डोनेसियामा यो बढी राजनीतिक विषयमा केन्द्रित भयो।

त्यसको असर फिलिपिन्समा पनि देखियो, तर यो राजनीतिक मुद्दाभन्दा पनि सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको महँगो र सुविधासम्पन्न जीवनशैली एक्सपोज गर्न केन्द्रित भयो।

फिलिपिन्समा यो आन्दोलनलाई बाँकी नियन्त्रणमा भएको खर्च र त्यसमा भएको भ्रष्टाचार केन्द्रित देखियो। अनि भ्रष्टाचारसँग सम्बन्धित भनिएका ठेकेदार र नेताका छोरा–छोरीहरूले सामाजिक सञ्जालमा देखाएका महँगा जीवनशैलीका तस्वीर र भिडियो राखेर विरोध सुरु भयो। सञ्जालमा उनीहरूको लक्जरी गाडी, महँगा विदेश यात्रा र ब्रान्डेड  सञ्जालमा उनीहरूको लक्जरी गाडी, महँगा विदेश यात्रा र ब्रान्डेड सामान देखाउँदै गरेका पोस्टहरू फैलन थाले।

त्यसको प्रभाव सामाजिक सञ्जालमा भिजेका नेपालका नयाँ पुस्तामा समेत पुग्यो। रेड्डिट हुँदै इन्स्टाग्राममा यो अभियान फैलिदै थियो।

यही बीचमा सरकारले २६ सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि टिकटकमा यसको प्रभाव झन् बढ्यो। नेपालमा पनि फिलिपिन्सकै शैलीमा नेता, सरकारी कर्मचारीलगायतकाहरूकाअ सन्तानको महँगो जीवनशैली सार्वजनिक भइरहेका छन्।

अन्ततः यो अभियान सोमबार सार्वजनिक विरोध प्रदर्शनको चरणसम्म पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२