युएईलाई हराउँदै नेपाल विश्वकपमा

Logo
सोहरुची प्रकाशित बुधबार, कार्तिक २७, २०८१ खेलकुद समाचार

निर्णायक खेलमा युएईलाई हराउँदै नेपाल आइसिसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ। बुधबार नेपालले युएईलाई ८ विकेटले हराएको हो।

टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८४ रनको सामान्य लक्ष्य दिएको थियो। प्रत्युत्तरमा नेपालले १४.४ ओभरमा दुई विकेट गुमाउँदै जित पक्का गरेको हो।

युएईलाई हराउँदै नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो। यसअघि युएईले विश्वकप खेलिसकेको छ।

नेपालका लागि ओपनर साना प्रभिनले सर्वाधिक ३० रन बनाइन्। त्यस्तै, ओपनर साबित्री धामीले १२ तथा कप्तान पूजा महतोले २१ रन बनाए। सोनी पाख्रिनले १२ रनको योगदान गरिन्।

यसअघि युएईको लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन्। रिनिथा रन्जितले २० तथा ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाएका थिए।

नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर सर्वाधिक ४ विकेट लिइन्। रिया शर्मा र सीमा केसीले समान २ विकेट लिएका थिए। रचनाकुमारी चौधरीको नाममा एक विकेट रह्यो।

नेपालले सन् २०२५ को विश्वकप खेल्दा सन् २०२७ को विश्वकप खेलाउने जिम्मेवारी यसअघि नै पाइसकेको छ

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२