बुवाको जन्मदिनमा विद्यालयमा अक्षयकोष

Logo
सोहरुची प्रकाशित शुक्रबार, भाद्र २०, २०८१ अर्थ काभ्रे विशेष

काभ्रे । राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रे जिल्लाका सभापति प्रबिन कुमार ढकालले आफ्नो पिताको ९२ (बयानब्बे)औं बर्षको जन्मदिन र कुशे औंसिको बिशेष अवसरमा जिल्लाको मण्डनदेउपुर-६ स्थित श्री ब्रहमायणी माद्यामिक बिद्यालयमा पिता मोजनाथ ढकाल र माता भगवती ढकालको नाममा १,००,००० (एक लाख) रकमको अक्षयकोष स्थापना गरेका हुन् ।

सभापति ढकालले गरिब, बिपन्न, जेहेन्दार र उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्नका निमित्त आर्थिक सहयोग गर्ने हेतुले अक्षयकोष स्थापना गरिएको जानकारी दिए । बिद्यालय ब्यबस्थापन समिति,बिधालयका शिक्षक परिवार,विद्यार्थी अभिभावकहरुको बिशेष उपस्थितिमा कोष स्थापना घोषणा गरिएको हो ।

कोषबाट प्राप्त बार्सिक ब्याजले हरेक बर्ष विद्यार्थीलाई हौसला स्वरूप कोषको नामबाट प्रबिन कुमार ढकालको उपस्थितिमा बिपन्न, जेहेन्दार, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार राशी वितरण गरिने तयारी छ। उक्त कार्यक्रममा कोषको नामाकरण बिद्यालयका प्राध्यापक शिक्षक बर्ग, ब्यबस्थापन समिति र समाजसेवी ढकाल बीच बसेको संयुक्त छ्लफल बाट “श्री ब्रहमायणि मोजनाथ भगवती ढकाल” अक्षयकोष नामाकरण गरिएको छ।

गत बर्ष मात्र माघ महिनामा पनि समाजसेवी ढकालले आफ्नो जन्मदिनको बिशेष अवसरमा बिद्यालयभरका सम्पूर्ण २३८ विद्यार्थीलाई स्कुल ब्याग, स्टेशनरी सामानहरु वितरण गरेका थिए । ढकालले जिल्लाभर आर्थिक बिपन्न परिवार, अशक्त, असाहयलाई घर-घरमा पुगेर गर्न सकिने सहयोग निरन्तर गर्दै आईरहेका छन ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२